२०८३ जेष्ठ १५ गते शुक्रवार

पर्यटन दिवसमा पहिलो प्रवेश गर्ने पाँच अमेरिकी पर्यटकलाई स्वागत

दाङ,असोज १० । विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको सिमानाका बेलहियामा पाँच जना विदेशी पर्यटकहरुलाई स्वागत गरिएको छ।

पर्यटन दिवसको दिन सो नाका भएर पहिलो प्रवेश गर्ने जापानी मुलका अमेरिकी नागरिकहरुलाई नेपाल एशोसिएन अफ् टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टा लुम्बिनीले स्वागत गरेको हो।

नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाको नेतृत्वमा समितिका पदाधिकारी, सुरक्षाकर्मी स्थानियहरुले नेपाल प्रवेश गरेका टाम नुगएन, ठुये डाओ, आन नुगएन, लुने लाम र ह्वाङ थ्रुङलाई स्वागत गरेका थिए।

पर्यटन दिवसको पूर्व सन्ध्यामा हिजो नाट्टा लुम्बिनीले बुटवलमा महाआरती गरेको थियो। आज विभिन्न कार्यक्रम गरि दिवस मनाइने नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले जानकारी दिइन्।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *