२०८३ कार्तिक २५ गते मङ्गलवार

राउटेलाई लुम्बिनी सरकारको दशैं खर्च २५ हजार

दाङ,असोज ९ । लुम्बिनी सरकारले राउटे समुदायका मानिसलाई मंगलबार दशै खर्च प्रदान गरेको छ ।


केही दिन मात्रै पहिले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर राउटे समुदायका मानिसले दशैं खर्च उपलब्ध गराउन आग्रह गरेका थिए ।


आँफुहरुले दशैंमा बली दिने र खसी बोकाको मासुपनि खाने हुँदा आफ्ना जनताको लागि आर्थिक साहेता गर्न उनीहरुले आग्रह गरेका थिए । उनीहरुले मुख्यमन्त्री संग दशैंका लागि भनेर दुई लाख रकम दिन माग गरेका थिए ।


सरकारका तर्फबाट अर्थमन्त्री धनबहादुर मास्कीले मन्त्रालयमा पुगेका राउटेलाई २५ हजार दशैं खर्च प्रदान गरेका हुन ।

सुर्खेतबाट राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाही उक्त रकम लिन आएका थिए ।
रकम पाएपछि उनीहरु खुसी बनेका थिए ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *