पाल्पा ,असोज ८ । पाल्पामा डेंगी संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेका छन ।
उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
उनलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा हालसम्म २ सय ६८ जनामा डेंगी देखिएको डा. गिरीले बताए ।
जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामी समेत बढेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ७० जनालाइ स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।
प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
