२०८३ कार्तिक २६ गते बुधवार

बेलायती राजदुत फेन र स्वास्थ्य मन्त्री राजु खनाल बिच शिष्टाचार भेटवार्ता


लमही,असोज ६ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेन (Rob Fenn) बिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेषगरि प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले सुरक्षीत मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अबस्था लगायतको सुधारका लागी प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताए ।

परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको मन्त्री खनालले बताए ।

प्रदेश भित्रका अस्पतालको पूर्वाधार विकास र उपचारमा आबश्यक पर्ने उपकरण सहोगका बारेमा उनीहरु बिच छलफल भएको छ ।

मन्त्री खनालले बेलायतले नेपालमा गरिरहेको सहयोगका लागी धन्यवाद दिदै भेटले दुई पक्षिय सम्बन्धलाई अझ प्रगाड पार्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *