दाङ, असोज ५ । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएका ११ मध्य उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।
रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले फरककोणलाई जानकारी दिए ।
केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए ।
घाइते १० जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार जारी छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । अन्यको स्वास्थ्य अवस्था भने क्रमस सुधार उन्मुख रहेको प्रहरीले बताएको छ ।
बाँकेमा दुई समुहको झडप पछि बाल सुधार गृह तोडफोड गरि भागेका मध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार राति आन्तरिक रुपमा भएको झडप पछि बालसुधार गृह तोडफोड गरि भागेका ३० जनालाई नियन्त्रणमा लिइएको डिएसपी डाँगीले बताए ।
बाल सुधार गृह भित्रै दुई समुहका बीचमा बिहीबार राति झडप पछि उत्पन्न तनाब अझैं साम्मे भइ रहेको छैन ।
स्थिति शान्त पार्ने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।
