२०८३ कार्तिक २६ गते बुधवार

संविधान दिवसका अबसरमा बिजौरी उबासघद्वारा दीप प्रज्वलन


बिजौरी,असोज ३ । बिजौरीमा दीप प्रज्वलन गरिएको छ ।

बुधबार बेलुका बिजौरी उधोग बाणिज्य सघले संविधान दिवसको अबसरमा दीप प्रज्वलन गरेको हो ।

बिजौरी उधोग बाणिज्य सघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा सघका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर केसी,निबर्तमान महासचिव बिदुर गौतम,रेडक्रस बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मी लगाएतले ठूलो त्याग र वलिदानपछि जारी भएको नेपालको संविधान- ०७२ को संरक्षण,विकास र कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज हरि देबकोटा ,बिजौरी क्षेत्रका उधोगी, ब्यबसायी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण बिजौरी उधोग बाणिज्य सघका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *