२०८३ कार्तिक २६ गते बुधवार

तुलसीपुरमा नवजात शिशुको शव फेला


तुलसीपुर ,भदौ ३० । दाङको तुलसीपुरमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

शिशुको शव शुक्रबार बिहान १० बजेको समयमा उपमहानगरपालिका ५ न्यूरोडस्थित कुलोमा नवजात शिशुको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीका अनुसार शिशुको शव तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

शिशुको विषयमा थप अनुसन्धान भैरहेको केसीले बताए ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *