पाल्पा,भदौ २८ । पाल्पाको तानसेनमा रात्रि बस दुर्घटना हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।
बिहीबार बेलुकी पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेका २० जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले बताएको छ।
दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
