२०८३ कार्तिक २५ गते मङ्गलवार

अट्वारीमा लुम्बिनीका तीन जिल्लामा सार्वजनिक बिदा

तुलसीपुर,भदौ २८ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको छ।

भदौ ३१ गते पर्ने अट्वारीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेको छ। थारू बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त बिदा दिएको हो।

चैत १७ को निर्णयअनुसार बिदा दिइएको अधिकृत माधव शर्माले सूचना जारी गरी जानकारी दिए।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *