२०८३ कार्तिक २६ गते बुधवार

दाङमा साउनमा सर्पदंशबाट ५ जनाको मृत्यु


दाङ, भदौ २८ । दाङमा साउन महिनामा मात्रै सर्प दंशबाट ५ जनाको मृत्यु भएको छ । भदौ थप एक जनाको सर्प दंशबाट मृत्यु भएको छ ।

दुई महिनामा जिल्लामा ६ जनाको सर्प दंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङको सूचना शाखाका कर्मचारीले जानकारी दिएका छन् ।


सर्प दंशबाट साउन एक महिला, दुई पुरुष र दुई बालबालिकाको सर्पदंशका कारण मृत्यु भएको छ । भदौ महिनामा थप एक पुरुषको सर्पदंशका कारण मृत्यु भएको तथ्याङकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार साउन र भदौमा गरि सर्पदंशका एक सय सात जनालाई सर्पले डसेको थियो ।ती मध्य छ जनाको सर्पदंशका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


साउन महिनामा ३६ महिला र भदौमा १८ महिला गरि ५४ जनालाई सर्पले टोकेको थियो । त्यस्तै साउन महिनामा २८ पुरुष र भदौमा १३ पुरुष गरि ४१ जना सर्पले टोकेको थियो ।
बालबालिका तर्फ साउनमा ६ र भदौमा ६ गरि १२ बालबालिकालाई सर्पले टोकेको थियो । साउनमा कुल ७० र भदौमा ३७ गरि कुल एक सय सात जनालाई सर्पले टोकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *