२०८३ कार्तिक २६ गते बुधवार

कानुन र समाजको मर्यादा अनुसार काम गर्छु – डिएपी पोखरेल

तुलसीपुर, भदौ २७ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भएर आएका नयाँ प्रहरी प्रमुख डिएसपी ठाकुर पोखरेलले आँफुले कानुन र समाजको मर्यादा अनुसार काम गर्ने बताएका छन् ।

बुधबार इप्रका तुलसीपुरमा आयोजित पत्रकार संगको परिचयात्मक कार्यक्रममा डिएसपी पोखरेलले कानुन पालनाका साथै समाजको मर्म बिपरित आँफु नजाने बताएका हुन ।

‘विस्तारै काम गर्ने छु जस्तै फूलको सुगन्ध कता बाट आयो भन्ने मान्छेहरुलाई चासो होस,’ डिएसपी केसीले भने ‘त्यसमा समाजका हरेक नागरिक र यहाँहरुले समयमै सत्य सूचना दिएर सघाउनु हुने छ भन्ने विश्वास छ ।’

कार्यक्रममा उपस्थित बिभिन्न पत्रकारहरुले तुलसीपुरको बिगत, वर्तमान र बस्तुस्थितिका बारेमा अबगत गराएका थिए ।
पत्रकारले नयाँ सुरुवा भएर आएका डिएसपीलाई लोभ लालच नराखी संगठनको मर्म अनुसार स्वतन्त्र रुपमा काम गर्नका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *