दाङ, भदौ २६। तीजको महत्वलाई बचाउदै कला सस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको महिला विभागको मंगलबार घोराहीमा भएको तीज मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले तीज पर्वको नाममा विकृति विसंगतीलाई हटाउँदै मौलिक कला सस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।
उनीहरुले सञ्चारका क्षेत्रबाट विकृति र विसंगतिका पक्षहरुलाई प्रोत्साहन नगर्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार लक्ष्मी आचार्यले तीजलाई सामाजिक सदभावका रुपमा मनाउनुपर्ने बताइन ।
तीज पर्वको महत्वलाई बचाउँदै कला, सस्कृतिको संरक्षण र विकासका लागि लाग्नुपर्ने बताएकी हुन । महिलाहरु सचेत भएर विकृतिलाई हटाउँदै राम्रा पक्षहरुलाई अनुशरण गर्नुपर्नेमा जोड दिएकी थिइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पर्वका अवसरमा अयोजना गरिने यस्ता कार्यक्रमहरुले पत्रकारहरुविच एकता र सद्भाव झल्काउन महत्वपुुणर् भुमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतमले तीजको महत्वलाई बचाउदै कला र कलमको माध्यमबाट सस्कृती संरक्षणमा लाग्नुपर्ने बताइन । त्यसका लागि नयाँ पुस्ताहरु सचेत हुनुपर्नेमा गौतमको जोड थियो ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रिता लामाले तीज बहुआमिक पर्व भएको भन्दै यसलाई रमाइलोसंगै मौलिक पक्षलाई ख्याल गरेर संरक्षणमा लाग्नुपर्ने बताइन ।
उनले तीजले चेलीबेटीको भेटघाटसंगै सामाजिक महत्वलाई बढाउनुपर्नेमा जोड दिएकी थिइन ।
पत्रकार महासंघ दाङ शाखाका निर्वतमान उपाध्यक्ष लीला शाहले तीजको महत्वलाई बचाउदै संस्कृतीको जर्गेनासंगै बिकृतीलाई हटाउनु पर्ने बताइन ।
प्रदेश परिषद सदस्य शारदा शर्माले कला संस्कृतिको संरक्षण संगै तीजको महत्वलाई बचाई राख्नका लागी सहयोग पुग्ने बताएकी हुन ।
महिला पत्रकार मञ्चका सुशीला आचार्यले तीज पर्वलाई मौलिक कला सस्कृतीको संरक्षणका लागि लाग्नुपर्ने बताएकी थिइन ।
यसैविच हरितालिका तीजका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको महिला नृत्य प्रतियोगितामा सरिता नेपाली प्रथम भएकी छिन ।
प्रतिष्पर्धामा सहभागी भएका ९ जना प्रतिष्पर्धीलाई पछि पार्दै नेपाली प्रथम भएकी हुन । त्यसैगरी नारायणी डाँगी दोस्रो र देवका परियार तेस्रो भएकी थिइन ।
प्रतियोगितामा बिजेता भएका महिला पत्रकारहरुलाई कार्यक्रमका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णाायकमा मंगला श्रेष्ठ र चाहना झाक्री मगर रहेकी थिइन ।
नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष एवं महिला विभाग संयोजक बसुन्धारा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव दिप्तीशिखा चौधरीले गरेकी थिइन ।
