बुटवल,भदौ १५ । बुटवलमा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगर गम्भीर घाइते भएका हुन् ।
बुढामगरलाई बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाइ उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
