२०८३ कार्तिक २६ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


तुलसीपुर,भदौ ५ । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *