दाङ,भदौ २ । नेपाल प्रेस युनियन रुकुम पूर्वको ऐतिहाँसिक प्रथम जिल्ला अधिवेशन रुकुमकोटमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले चेतकुमार बिसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक भिमबहादुर खड्काका अनुसार समितिको उपाध्यक्षको पुजा बिसी र बसम मल्ल चयन भएका छन भने सचिवमा प्रभा बस्नेत निर्वाचित निर्वाचित भएका छन ।
त्यसैगरी समितिको सह सचिवमा उषा थापा र कोषाध्यक्षमा सामना बुढाथोकी निर्वाचित भएका छन ।
त्यस्तै समितिको सदस्यहरुमा दिलीप चन्द, कृतिमा बिसी, अनु हमाल, प्रमिला बिक, शिव बुढाथोकी, सूचना बुढा र लिङकल गौतम सर्बसम्मत चयन भएका छ्न ।
अधिवेशन आयोजना समितिका संयोजक चेतकुमार बिसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलको प्रमुख आथित्यता रहेको थियो भने जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ र नेपाली काँग्रेस रुकुम पूर्वका उपाध्यक्ष भिमबहादुर खड्काको बिशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश समिति सदस्य सरिता बिसी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्ती मगर, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्की लगाएतले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
