२०८३ कार्तिक २६ गते बुधवार

अटो दुर्घटना हुँदा दुई जना घाइते

तुलसीपुर,साउन २९ । दाङमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

सोमबार बिहान दंगीशरण गाउँपालिका वडा नं.२ सर्राडाँडाँदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ३९१२ नं. को अटो बिहान १० बजेको समयमा तुलसीपुर १० चैलाही नजिक अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी अटोमा सवार तुलसीपुर ११ नवलपुर निवासी २८ वर्षीय मनि बिष्ट र अटो चालक घाइते भएका हुन् ।

बिष्टलाई दाहिने खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए ।

केसीका अनुसार अटो चालक सर्राडाँडाँ निवासी ४१ वर्षीय जोखीलाल चौधरीको दायाँ हातको कुहिनामा चोट लागेको र अवस्था सामान्य रहेको छ ।

घाइते मनि बिष्टलाई भने राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको प्रहरी निरिक्षक केसीले बताए ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *