काठमाडौँ ,साउन २६। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा थप एक चिकित्सकलाई पक्राउ गरेको छ। यससँगै पक्राउ पर्ने नक्कली चिकित्सकको संख्या ८ पुगेको छ।
सीआइबीका एसपी नवराज अधिकारीका अनुसार सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पनि नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेकी हुन्।
उनलाई काठमाडौंस्थित घरबाटै पक्राउ गरेको पनि प्रहरीले जानकारी दिएको छ।
सिआइबीले मोरङ क्षेत्र नम्बर ३बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मासँगै डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरीलाई नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरि सकेको छ।
प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
