२०८३ कार्तिक २६ गते बुधवार

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ठूलाे वर्षा, बाढीकाे जाेखिम

दाङ,साउन १५ । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

यो क्षेत्र भइ बहने कोठी, वाणगङ्गा, सुरईलगायत खोलामा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को अनुमान छ । यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *