२०८३ कार्तिक २६ गते बुधवार

बाढीले बगाएका घोराहीका युवकको शव फेला

तुलसीपुर , साउन १२ । बाढीले बगाएर घोराहीका एक युवकको शब चार दिन पछि शुक्रबार दिउँसो फेला परेको छ ।

घोराही उपमहानगरपालिका – १० का २८ वर्षीय सुनिल पुन मगर साउन ९ गते साढे ४ बजेतिर खोलामा आएको बाढीका कारण बगेका थिए ।


घोराही –७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका उनलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता पारेको थियो ।


उनको लगातार खोजी हुँदै आएको भएपनि चार दिन पछि शुक्रबार पौने एक बजेतिर घटनास्थल भन्दा करिब तीन सय मिटर दक्षिणमा शब फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिए ।

यसअिघ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत स्थानीयले लगातार खोजी गर्दापनि उनी फेला पर्न सकेका थिएनन् ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *