बुटवल,असार ११ । लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम हुने भएको छ।
नेपालमै पहिलो पटक हुन लागेको यस कार्यक्रमको प्रवर्द्धन र प्रसार प्रसारमा लाग्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लि बहादुर चौधरीले आग्रह गरे।
आइतबार बुटवलमा पत्रकारहरु संग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले केहि समय पहिला भारतमा भएको यस कार्यक्रम नेपालको लुम्बिनीमा गर्दा प्रचार प्रसार गर्दै बाह्य पर्यटक भित्र्याउन सकिने बताए।
बुद्ध जन्मस्थल लुम्बिनी सहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउनको कार्यक्रम महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीको भनाई छ ।
सन २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार बिजेताहरु(लोरेन्स) र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागि हुने उनले जानकारी दिए ।
उनले लुम्बिनी प्रदेश सरकार अहिले रोजगारी शिर्जनाको काममा लागिरहेको बताउँदै यो कार्यक्रम बाट पनि रोजगारी सिर्जना हुनेगरि तयारी भईरहेको बताए ।
‘बुद्ध जन्मस्थल लुम्बिनी हामीसँग छ, यसलाई हामीले केन्द्रमा राखेर पर्यटकीय परिपथ बनाउदा सबै क्षेत्रमा रोजगारी सिर्जना हुँन्छ ।’ उनले भने,‘लिडर टु लोरेन्स’ कार्यक्रमले पनि रोजगारी सिर्जना गरोस भन्ने हिसाबले हामीले तयारी थालिरहेका छौँ।’
