२०८३ असोज ५ गते सोमवार

तुलसीपुरको निति तथा कार्यक्रम सार्वजनिक (पुर्णपाठ)

तुलसीपुर,असार १० । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गर प्रमुख टिकाराम खड्काले आइतवार १३ औँ नगरसभाको पहिलो बैठकमा निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।


यस्तो छ ः– तुलसीपुरको आगामी वर्षको निति तथा कार्यक्रमको पुर्णपाठ

समृद्ध तुलसीपुरः सबैका लागि, सँधैका लागि’

तुलसीपुर उपमहानगरपालिकाको
१३औं नगरसभाको पहिलो वैठकमा
नगर प्रमुख श्री टीकाराम खड्का द्वारा प्रस्तुत
आ.व. २०८०/८१ को

नीति तथा कार्यक्रम

२०८० असार १० गते

सम्मानित नगरसभाका सदस्यज्यूहरू,

तुलसीपुर उपमहानगरपालिकाको सम्मानित यस १३ औं नगरसभा समक्ष नगर प्रमुखको हैसियतले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अपार हर्ष र गौरवको अनुभूति गरेको छु । स्थानीय तहको पुर्नसंरचना पश्चात् तुलसीपुरलाई समुन्नत र सुरक्षित शहर निर्माणका लागि हामी निर्वाचित भएदेखि नै प्रयत्न राखिरहेका छौ । हाम्रो प्रयास, जनताको विश्वास र सहयोगले तुलसीपुर समृद्धिको यात्रामा गतिशिल अवस्थामै रहेको छ । तर यसलाई जीवन्त शहरको रुपमा विकासका लागि हामीले अझै धेरै गर्न बाँकी छ । तुलसीपुरको समग्र विकास, आत्मनिर्भरता, समाजवादउन्मुख अर्थतन्त्र, सुन्दर र नमुना शहर बनाउने लक्ष्यतर्फ यो नीति तथा कार्यक्रमले दिशाबोध गर्ने विश्वास लिएको छु ।

१३ औं नगरसभाको यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना, सामाजिक न्याय तथा आमूल परिवर्तनका लागि विभिन्न समयमा जीवन उत्सर्ग गर्ने वीर शहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै घाइते, अपाङ्गलगायतका सबै योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।

मुलुक संघीय संरचनामा प्रवेश गरी तीन तहको सरकार निर्माण भएको र संवैधानिक अधिकार सम्पन्न स्थानीय सरकार गठन भई कार्य थालनी भए पश्चात् स्थानीय सरकारको उच्चतम अभ्यास  गरिरहेका छ । हाम्रो यो अभ्यास नगरबासीको सुख र समृद्धिसँग जोडिएको छ ।

नगरवासीको हितमा इमान्दारीपूर्वक जिम्मेवारी र जवाफदेही हुँदै हामीले काम गर्दै आएको कुरा सर्वविदितै छ । अझ ‘समृद्ध तुलसीपुरः सबैका लागि, सँधैका लागि’ भन्ने नाराका साथ नगरको दीर्घकालीन र दीगो विकासका लागि हामीले निर्माण गरेको २५ वर्षे दीर्घकालीन रणनीतिक योजना र ५ वर्षे आवधिक योजना,मध्यमकालिन खर्च संरचना, स्थानिय तहसंस्थागत क्षमता स्वमूल्याङन(LISA), वित्तिय सुशासन जोखिम मूल्याङ्कन(FRA)को जगमा टेकेर योजनाहरू निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गरिरहेका छौ । जसबाट नतिजामुखी विकासको प्रत्यक्ष प्रतिफल नगरबासीले प्राप्त गरिरहनुभएको छ । अझै पनि नगरवासीको समृद्धिका आकांक्षालाई सम्भावनामा बदल्नका लागि विगतमा झै नगरबासीको सहयोगको अपेक्षा गरेका छौं ।

नगरसभाका सदस्यज्यूहरू,

विगतमा हामीले सम्पन्न गरेका कामहरू र त्यसबाट प्राप्त सफलता र सिकाईका आधारमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्ताव गरेका छौं । अब म संक्षेपमा विगतमा गरेका उपलब्धीहरूलाई उल्लेख गर्न चाहन्छु ।

  • तुलसीपुर बहुउद्धेश्यीय भवन (तुलसी ट्रेड टावर) नगर विकास कोष र नगरपालिकाको साझेदारीमा बेशमेन्ट सहित ७ तले व्यापारिक भवनको मिति २०८१।१२।२९ सम्म कार्य सम्पन्न गर्ने गरि समझौता भई निर्माण व्यवसायीबाट २५प्रतिशत कार्य सम्पन्न भएको छ ।
  • तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) भवनको ३ तला २६ कोठाको कार्य सम्पन्न अन्तिम चरणमा रहेको छ ।
  • तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन(मेट्रो अस्पताल) भवनको २ तला ३२ कोठाको कार्य सम्पन्न अन्तिम चरणमा रहेको छ ।
  • वडा नं. १ र ३ जोड्ने भमके खोला ठाटीगाउँमा पक्की पुल (२०मी.)निर्माण सम्पन्न भई यातायातमा सहजता भएकोछ ।
  • वडा नं. ९ मा रहेको माध्यामिक विद्यालय दोधरेको (३ तला २१ कोठा) भवनको कार्य अन्तिम चरणमा रहेको छ ।
  • तुलसीपुर उपमहानगरपालिकामा रहेका श्री जनश्रम मा.वि.खाद्रे, श्री ज्ञानज्योति आ.वि सुन्दरनगर, श्री महेन्द्र मा.वि. तुलसीपुर, श्री बालमितेरी मा.वि. भोजपुर र श्री शहिद स्मृति आवासिय माध्यामिक विद्यालय मानपुर को ४ कोठे पक्की भवन को निर्माण कार्य अन्तिम अवस्थामा रहेको छ ।
  • तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुमा तुलसीपुर विकास प्राधिकरण अन्तर्गत जम्मा १७.१३८ किलो मिटर सडक कालोपत्रे र पक्की नाला ३६५० मिटर सम्पन्न भएका छन ।
  • वडा नं. ४, १३ र १९ का वडा कार्यालयहरु को कार्यालय भवनको मिति २०८०।७।३० सम्म कार्य सम्मन्न गर्ने गरि निर्माण व्यवसायीसँग ठेक्का सम्म्झौता भएको छ ।
  • नयाँ प्रशासनीक भवन सम्पन्न भई कार्यालय संचालनमा रहेको छ।
  • भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लगत फारमहरुको अनलाईन प्रविष्टि अन्तिम चरणमा रहेको तथा वडा नं. ६ बाट जग्गा नापजाचको कार्य प्रारम्भ समेत भैसकेको र अव निकट भविष्यमा लालपुर्जा वितरण कार्य प्रारम्भ गरिएकोछ।
  • तुलसीपुर उपमहानगरपालिकामा रहेका १० सामुदायिक वन उपभोक्ता समुहका २० सदस्यहरुलाई वैज्ञानिक गोठ व्यवस्थापन र २०० घरधुरीमा Bio Gas Plantनिशुल्क रुपमा जडान गर्ने कार्य प्रारम्भ गरिएको छ ।
  • तुलसीपुर उपमहानगरपालिकाले दिर्घकालिन फोहोरमैला व्यवस्थापनको कार्य अगाडि बढाएको छ। फोहोरमैला वर्गीकरण गरी कुहिने फोहोरमैलाको जैविक मल उत्पादन गरी विक्रिको कार्य प्रारम्भ गरिएको छ।
  • लामो समय देखी थाति रहेको प्राधानाध्यापक तथा दरवन्दी व्यवस्थापनको कार्य सम्पन्न गरिएको छ ।
  • USAID G2G(कृषि पकेट क्षेत्र) कार्यक्रम ५ करोड बराबरको प्रस्तावना स्वीकृतीको अन्तिम चरणमा रहेको छ।
  • कर्मचारी र जनप्रतिनिधिहरुका लागि केन्द्रियस्तरका प्रशिक्षकबाट उत्प्रेरण तथा सकारात्मक सोच र कानुन निर्माण तथा बजेट निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
  • वडा  नं. १६ र १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ।
  • “उज्यालो संसार नगरवासीको अधिकार”अभियान अन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा निशुल्क मोतिबिन्दुको शल्यक्रिया सेवालाई निरन्तरता दिइएको  छ । जसले मोतिबिन्दुमुक्त पालिका निर्माणमा सहयोग पुगेको छ ।
  • सबै माध्यमिक तहका विद्यालय, वडा कार्यालय , स्वास्थ्य संस्थाहरूमा इन्टरनेट सेवाको पहुँच सुनिश्चित गरिएको छ । तुलसीपुरको शैक्षिक गुणस्तर वृद्धिका लागि जहाँ विद्यार्थी त्यहाँ शिक्षक, तहगत प्रधानाध्यापक व्यवस्थापनका साथै विद्यालयहरूमा इलेक्ट्रोनिक्स हाजिरी, विज्ञान प्रयोगशाला, आइसिटी ल्याब, पुस्तकालय, खानेपानी, शौचालयलगायतको व्यवस्थापन गरिएको छ । विद्यालयहरूमा अभिभावकसँग शिक्षक कार्यक्रम लागु गरिएको छ । तुलसीपुर मेट्रो कलेज र तुलसीपुर बहुप्राविधिक शिक्षालयमा प्राविधिक कार्यक्रमहरू थप गरिएको छ । यसैगरी विद्यालयहरूमा विषयगत स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ ।
  • जनताको सुरक्षित आवासको अधिकारलाई ग्यारेन्टी गर्नका लागि नगरका ९५ प्रतिशत घरहरू खरको छानामुक्त भइसकेका छन् ।
  • उज्यालो तुलसीपुर अभियान अन्तर्गत ९५.५ प्रतिशत घरधुरीमा विद्युत सेवा विस्तार गरिएको छ ।
  • तुलसीपुरमा हाल ६१.५ प्रतिशत घरधुरीमा पाइपलाइनको पानी र २३.२ प्रतिशत घरधुरीमा इनार ट्युबबेलको पानी उपलब्ध भइ ८४.७ प्रतिशत घरधुरीमा शुद्ध पिउने पानीको व्यवस्था भएको छ ।
  • तुलसीपुरका विकट बस्तीहरूमा सञ्चार सेवा पुर्याउन सेवा प्रदायकसँग समन्वय गरी सेवा विस्तार गरिएको छ । ९५ प्रतिशत भन्दा बढी जनसंख्यामा मोबाइल फोनको पहुँच विस्तार भएको छ । 
  • स्मार्ट छोरीः सक्षम नारी’ कार्यक्रमअन्तर्गत छोरीहरूलाई आत्मनिर्भर, सशक्तीकरण र बालविवाह न्यूनीकरण गर्न जन्मबित्तिकै छोरीको खातामा प्रत्येक महिना रकम जम्मा कार्य निरन्तरता दिदै आएका छौ।
  • लघु उद्यम प्रवर्धन गर्न व्यावसायिक तालिम प्रदान गरि व्यवसाय सञ्चालनमा प्रविधि हस्तान्तरण गरी ५०० जनामा स्वरोजगार सिर्जना गरिएको छ ।
  • टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापना, टर्मिनल भवन निर्माण र अन्य संरचना निर्माणको अभियान सार्थक भएको छ ।
  • यस क्षेत्रमा रहेका सरकारी कार्यालयहरूको दीगो व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गर्न जग्गाको खोजी गरिएको छ ।

सम्माननीय नगरसभाका  सदस्य ज्यूहरू,

अब म आगामी आर्थिक बर्ष २०८०/०८१ मा गरिने विषयगत क्षेत्रका नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

आर्थिक विकास

कृषि विकास

  • कृषिमा क्रान्ति,खाद्य सुरक्षाको प्रत्याभूतिका लागि भूउपयोग नीति निर्माण गरी जग्गाको वर्गीकरण गरी USAID G2Gकार्यक्रमका लागि साझेदारीमा तरकारी, मकै र वीउका पकेट विकास कार्यक्रमहरु संचालन गरी कृषि उत्पादनको पकेट क्षेत्र विस्तारलाई निरन्तरता दिइनेछ ।
  • संघ र प्रदेशसंग समन्वय गरि वडा नं ४, ११, १८ र १९ मा स्थानीय रैथाने धानको पकेट क्षेत्र निर्धारण गरि उत्पादनमा जोड दिईनेछ।
  • किसानलाइ प्रोत्साहन,उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरी कृषि उत्पादन वृद्धि गर्न उत्पादनमा आधारित भएर अनुदान दिइनेछ । अर्गानिक खेतीगर्ने कृषकहरूलाई विशेष अनुदानको व्यवस्था गरिने छ। साथै व्यवसायिक कृषि खेति गर्दा विविध कारणले क्षेति व्यहोरेका किसानहरुलाई राहतको व्यबस्था गरिनेछ।
  •  कृषि उत्पादनको उचित भण्डारण र व्यवस्थापन गर्न संघ, प्रदेश र निजी क्षेत्रको सहकार्यमा कोल्ड स्टोर स्थापना गरिनेछ ।
  • व्यावसायिक कृषि तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानहरूलाई यन्त्र, औजारलगायत प्राविधिक सहयोगलाई निरन्तरता दिइनेछ ।
  • सक्षम किसान, बढ्दो उत्पादनका लागि कृषकको क्षमता अभिवृद्धि गर्न आवश्यकतामा आधारित प्राविधिक सेवा तथा परामर्श सेवा प्रदान गरिनेछ ।
  • कृषि उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको सुनिश्चिता गरिनेछ ।
  • जैविक कृषि प्रणालीको प्रवर्द्धनका साथै किसानहरूको बालीनाली संरक्षण र उत्पादनमा प्रोत्साहन गर्नका लागि कृषि अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।
  • कृषि उत्पादन बढाउन दक्ष जनशक्ति सेवा (बिमा, तालिम, बिउँविजन) र पूर्वाधारको विकास तथा विस्तार गरिनेछ ।
  • किसानसंग कृषि प्राविधिक कार्यक्रम सञ्चालनका लागि विभिन्न शिक्षालय र कलेजसँग समन्वय गरी विद्यार्थीहरूलाई किसानको आवश्यकतासंग जोडि प्राविधिक सेवा प्रदान गरिनेछ । जसबाट कृषकलाई आवश्यक प्राविधिक सेवा समयमै प्राप्त हुनेछ । 
  • आधुनिक खेतीउत्पादनमा वृद्धि अन्तर्गत परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र बजार उन्मुख बनाउँदै यसलाई कृषि उद्योगको रुपमा विकास गरिने छ ।
  • कृषकका उत्पादनलाई मूल्य श्रृङ्खलासंग जोडिने छ । यसका लागि संकलन केन्द्रहरू स्थापना,प्याकेजिङ,ग्रेडिङ गरी ब्राण्डिङ गरिने छ ।
  • संघ,प्रदेश र निजि क्षेत्रहरूको सहकार्यमा कृषि पूर्वाधार संकलन केन्द्र, बजार व्यवस्थापन केन्द्र र चिस्यान केन्द्रहरूको स्थापना गरिनेछ ।
  • व्यवसायिक कृषि तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानहरुलाई यन्त्र औजार लगाएत प्राविधिक सहयोगलाई वडा स्तरबाटै निरन्तरता दिइनेछ। साथै कारार खेतिलाई प्रोत्साहन गर्दै उत्पादित बस्तुलाई बजारीकरणको व्यवस्था गरिनेछ।
  • बालीमा देखापर्ने रोग किराको प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न बाली संरक्षण सेवालाई निरन्तरता दिइने छ ।
  • कृषकको क्षमता अभिवृद्धि गर्न आवश्यकतामा आधारित प्राविधिक सेवा तथा परामर्श सेवा प्रदान गरिने छ ।
  •  रैथाने बाली, बिउँबिजन, नश्ल र कृषि तथा पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय समुदायलाई प्रोत्साहित गरिनेछ ।
  • कृषि विद्युत मिटर प्रयोग गरि सिचाइ गर्ने कृषकहरूलाई विद्युत महशुलमा छुट गरिनेछ । साथै विभिन्न सहकारीहरुबाट वितरण हुदै आईरहेको रासायनिक मलको वितरणको प्रकृयालाई सरल, सहज र पारदर्शि बनाईनेछ।
  • कृषकको सम्मान,कृषि पेशामा आकर्षणकोमान्यतालाइ स्थापित गर्न व्यवसायिक कृषकहरूलाई प्रोत्साहन गर्न नमूना कृषक छनौट गरि पुरस्कृत गरिनेछ ।घर निर्माण गर्दा कौसी खेतीको संरचना बनाउन प्रोत्साहन गरिनेछ ।
  • “एक वडा– एक उत्पादन” नीति अवलम्बन गरिनेछ जसबाट प्रत्येक वडाको आ–आफ्नो कृषि पहिचान कायम रहनेछ ।
  • वर्षौदेखि उपयोगमा नआएका तथा बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न यूवा लक्षित सहकारी तथा सामुहिक खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ।

पशुपंक्षी विकास

  • पशुपंक्षीपालक किसानलाइ प्रोत्साहित गरि उत्पादन बढाउन बार्षिक १००० किलो खसीको मासु र १००० किलो भन्दा बढि स्थानीय कुखुराको उत्पादन गर्ने किसानलाइ प्रतिकिलो १० रुपैया र १५०० लिटर भन्दा बढि दुध उत्पादन गर्ने किसानलाइ प्रति लिटर ५ रुपैया अनुदान दिने व्यवस्था मिलाइने छ ।
  • पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशालामा सुधार गरी सेवालाई निरन्तरता दिनुका साथै पशुहरूमा लाग्ने संक्रामक रोगहरू विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पशुपंक्षीको नश्लसुधारः आम्दानी र रोजगारीको आधार’ भन्ने अभियानअन्तर्गत नश्लसुधारका लागि कृत्रिम गर्भाधारण कार्यक्रमलाई निशुल्क र प्रभावकारी बनाइनेछ । यसका लागि नगरस्तरमा आधुनिक नश्ल सुधार केन्द्रको स्थापना गरिनेछ ।
  • आवश्यकता अनुसार बाख्रा, बंगुर,भैंसी स्रोत केन्द्रहरू स्थापना तथा पशुपालनको पकेटक्षेत्र विकास कार्यक्रम सञ्चालन साथै पशु विमा कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।
  • व्यवसायीक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरि माछामासु, दही, दुध, अण्डालगायतका किसानका पशु उत्पादनलाई बजार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी पशुजन्य उत्पादनमा तुलसीपुरलाई आत्मनिर्भर तथा निकासीको स्तरमा पुर्याइनेछ ।
  • मत्स्य विकासका लागि पोखरी विस्तार एवम् भुरा वितरणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • जेनेटिक रोग नियन्त्रण कार्यक्रमहरू सञ्चालन गरिने छ ।
  • तुलसीपुरको मासु बजारलाई व्यवस्थित गर्नका लागि विभिन्न तहका सरकार र व्यवसायीको लागत सहभागितामा आधुनिक मिट मार्ट निर्माण गरिनेछ ।

सिचाई

  • सिंचाइ सुविधा विस्तार, कृषि उत्पादन वृद्धिको आधारलाई मध्यनजर गर्दैघट्दो जलस्रोतको अवस्थालाई दृष्टिगत गरी वाटर रिचार्जका जलाशय तथा पोखरी निर्माण गरी बहुआयामिक प्रयोजनमा उपयोग साथै “एक वडा एक पोखरी कार्यक्रमलाई अनिवार्य गरिनेछ।
  • पानी भण्डारण क्षमता वृद्धि गरी पानीका स्रोत संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिचाई सुविधा बिस्तार गरिनेछ । आवश्यकता र क्षमता पहिचान गरी खोलाहरूमा हार्भेष्टिङ ड्याम तथा हाईड्याम निर्माण गरी सिचाई सुबिधाको व्यवस्था गरिनेछ ।
  • परम्परागत पोखरीहरूको संरक्षण तथा विस्तार गरिनेछ । जसमध्ये गौरीगाँउ ताललाई नमूना पोखरीको रुपमा विकास गर्न बोरीङ वा लिफ्टद्धारा पानी संकलनगरी नहर वा भुमिगत पाईप सिचाइद्धारा सिचाईको व्यवस्थाका साथै नगरका सबै तालहरुमा व्यावसयिक माछापालन र स्थानीय पर्यटन विकासमा जोड दिइ त्यस्ता क्षेत्रहरुको संक्षरण गरी आन्तरिक आयमा वृद्धि नगरपालिकाबाटै आय ठेक्का लगाईनेछ।
  • “कृषि क्षेत्रमा पर्याप्त पानी उत्पादोन्मुख जिन्दगानी”को सोंचका आधारमा सिंचाइको सम्भाव्यता र दिगोपनाको अध्ययन गरी सतह तथा भूमिगत सिचाई प्रणालीलाई व्यवस्थित र विस्तार गरिनेछ ।
  • प्रत्येक सिँचाई आयोजनामा मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ ।
  • संघ र प्रदेशसंगको सहकार्यमा ग्वारखोलामा बृहत जलाशय निर्माण गरि सिंचित क्षेत्र विस्तार गरिने छ ।

उद्योग व्यवसाय, श्रम, रोजगारी, गरिवी निवारण

  • श्रमको सम्मान,समृद्धिको अभियान अन्तर्गत मेयरसँगै श्रमदान अभियान सञ्चालन गरी मझौला खालको विकासलाई लक्षित गरी योजना सम्पन्न गरिनेछ ।
  • उद्यमशिलतामार्फत रोजगारी र उत्पादन वृद्धि गरि तुलसीपुरको समृद्धिको नीतिलाई आत्मसाथ गरी उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालन र स्थापना हुने उद्योग तथा व्यवसायलाई दर्ता प्रक्रियाद्वारा करको दायरामा ल्याई उपमहानगरपालिकाको आर्थिक श्रोतमा वृद्धि ल्याईनेतर्फ जोड दिईने छ ।
  • उद्योग प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धनकालागि लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशुसेवा, स्वास्थ्य सेवा सम्बन्धि कुनै पनि व्यवसाय दर्तामा प्रोत्साहन गरिनेछ । साथै महिला, दलित, २५वर्षसम्मका युवा, अपाङ्गता भएका व्यक्ति, शहिद तथा जनआन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीयस्तरमा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा ५० % छुट  गरिनेछ।
  • तुलसीपुर उपमहानगरपालिकाभित्र यसभन्दा अघि सञ्चालन भएका विभिन्न कार्यक्रम र कोषबाट लगानी भएका रकमहरू प्रचलित कानुन बमोजिम असुल उपर गरिने छ ।
  • तुलसीपुर उपमहानगरपालिकामा निर्माणाधिन दुईवटा औद्योगिक ग्रामलाई संघ,प्रदेश सरकार र निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सम्पन्न गर्न निरन्तरता दिइने छ ।
  • स्थानीय स्रोतसाधन, ज्ञान, प्रविधि र सीपको परिचालन गरी लघु तथा घरेलु उद्योगको लगानीमा वृद्धि ल्याउनुका साथै उत्पादित बस्तुको बजारीकरणमा सहजता ल्याइनेछ ।
  • “प्रधानमन्त्री रोजगार कार्यक्रम”लाई ठूला आयोजनासँग जोडी उपभोक्तामार्फत् गरिने योजना कार्यक्रममा हेभी इक्पिमेण्टको प्रयोग नगरी श्रमिकद्वारा काम गराउने नीतिलाई निरन्तरता दिइनेछ ।.
  • हिंसा पिडित, विपन्न, एकल महिलाहरूलाई बिशेष प्राथमिकतामा राखी रोजगारी प्रदान, अति गरिब परिवार पहिचान र त्यस्ता परिवारको जीविकोपार्जनका लागि तत्कालिन एवं दीर्घकालिन प्याकेज कार्यक्रमलाई निरन्तरता दिइनेछ । बजारमा अवस्थित निम्न आयका अस्थायी व्यवसायीहरुलाइ उचित स्थानमा व्यवस्थापन गरिनेछ।
  • वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र प्रतिष्ठित बनाउन समुदाय स्तरमा वैदेशिक रोजगार सम्बन्धी नागरिक सचेतना, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरु संचालन गरिनेछ। साथै वैदेशिक रोजगारसंग सरोकार राख्ने निकायसंगको समन्वयमा वैदेशिक रोजगारीको शिलशिलामा सिकेका ज्ञान सिप र क्षमता प्रयोग गरि स्थानीयस्तरमै रोजगारी सृजना गरिनेछ।

वित्तिय संस्था तथा सहकारी

  • सुदृढ स्थानीय अर्थतन्त्र,समुन्नतिको मुलमन्त्रलाई आत्मसात गर्दै तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा निजी बैंक तथा वित्तिय संस्थाहरूसँग आवश्यक समन्वय गरी कृषी, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिनेछ। “मेयर उद्यमी कर्जा कार्यक्रम” मार्फतवित्तिय संस्था सँग कोष साझेदारी गरी उपमहानगरपालिका कार्यालय ग्यारेण्टी बसी उक्त ग्यारेण्टी कोषको दोब्बरसम्मको रकम साझेदार बैंकले स्थानीय व्यवसायीबाट छनौट भइ आएका व्यापार व्यवसायमा ऋणप्रवाह गर्ने व्यवस्था गरिनेछ ।
  • सबल सहकारी , बढाउने छ  रोजगारीअभियानसंग जोडि सहकारी संघ संस्थालाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको प्रवर्द्धन, स्थानीय उत्पादनको भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारीकरणका लागि प्रोत्साहन गरिनेछ।
  • एक सहकारी एक उत्पादनमार्फत स्थानीय उत्पादनको वृद्धि, प्रशोधन र बजारीकरणका लागि प्रोत्साहन गरिनेछ । 
  • सहकारी संस्थाहरूको मर्जरलाई प्रोत्साहन गरिनेछ साथै लामो समयदेखि कारोबार बन्द गरी निष्क्रिय रहेका एवं खराब अवस्था भएका संस्थाहरूको खारेजी गरिनेछ ।
  • तुलसीपुर भित्रका बैकहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत नगरका आवश्यकतामा आधारित क्षेत्रमा सहयोग गर्न समन्वय र प्रोत्साहन गरिनेछ ।
  • मेरो पनि बैंक खाताअभियानलाई निरन्तरता दिइनेछ । जसबाट क्यासलेस प्रणालीलाई व्यवस्थित गर्न सहयोग पुग्नेछ ।

पर्यटन प्रवर्द्धन

  • घुम्न जाउँ तुलसीपुर अभियानलाई निरन्तरता दिइनेछ । यसका लागि पर्यटन गुरुयोजना निर्माण गरी पूर्वाधार विकास गरिनेछ ।
  • पर्यटकको आवागमनमा वृद्धि, रोजगार र संवृद्धिका लागि पर्यटकीयस्थलसम्म पुग्न सडकको स्तरोन्नति तथा पदमार्गहरू निर्माण गरिनेछ । थर्कोट, छिल्लीकोट र चमेरे गुफामा पर्यटन मार्ग निर्माण गरिनेछ । पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सहयोगको लागि पर्यटकीयस्थल जाने बाटोहरूमा लोकेशन बोर्ड राखिने छ ।
  • साहसिक पर्यटनलाई विस्तार गर्न निजी क्षेत्रको सहकार्यमा निर्माण भइरहेको छिल्लीकोट जिपलाइनको निर्माण कार्य सम्पन्न गर्न आवश्यक सहजिकरण गरिनेछ ।
  • उद्यान, पार्क, बगैचा ताल, दहहरूको संरक्षण सम्वर्द्धन र निर्माण तथा बिस्तारको कार्यलाई निरन्तरता दिइनेछ । साथै जलाशयहरूमा पर्यटक आकर्षणका लागि डुंगा सञ्चालनको प्रबन्ध गरिनेछ । साथै व्यवसायिक रुपमा संचालनमा आएका पार्क, उद्यान, तालहरुमा मनोरन्जन कर लगाईनेछ।
  • दाङ उपत्यकाको सभ्यताका हिसाबले महत्वपूर्ण बबई नदीको सरक्षण र विकासका लागि पहल गरिनेछ ।
  • सुकौरा गाँउलगायत उपमहानगरपालिकाका दुईवटा गाँउलाई नमुना गाँउको रुपमा विकास गर्ने अवधारणा अनुरुप यस आथिक वर्षमा अवधारणा पत्र तर्जुमा र सम्भाव्यता अध्ययन गरिनेछ । साथै दंगिशरण थारु राजाको दरबार क्षेत्रको पुर्णरुपमा थारु विशेषता सहितको पूर्वाधार विकासका लागि नगर स्तरीय गौरवको योजनाका रुपमा संचालन गरिनेछ।
  • उपमहानगरपालिका क्षेत्रमा अवस्थित होमस्टेहरूलाई स्तरोन्नति र व्यवस्थित गरिनेछ ।
  • नेपाल संस्कृत विश्वविद्यालयसँगको समन्वयमा वैदिक पर्यटनसँग जोडी पूर्विय सभ्यताको अध्ययन केन्द्रकारुपमा विकास गरिनेछ ।

सामाजिक विकास

शिक्षा,युवा तथा खेलकुद

  • साक्षर नगर, शिक्षित तुलसीपुर, अभियान अन्तरगत तुलसीपुरलाई पूर्ण साक्षर स्थानीय तह घोषणा गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । 
  • सामुदायिक विद्यालयमा सातामा एक दिन अनिवार्य सीपमुलक तालिम प्रदान गरिने व्यवस्था गरिनेछ ।
  • गुणस्तरीय शिक्षा नगरबासीको अपेक्षालाई पूरा गर्न सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणाबमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइनेछ । विद्यालय उमेर समूहका सबैबालबालिकाहरूलाई विद्यालयमा “ल्याउने, सिकाउने र टिकाउने” कार्यलाई प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रुपमा सञ्चालन गरिनेछ । पढ्दै कमाउँदै कार्यक्रमलाई पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रमको रुपमा सञ्चालन गरिनेछ ।
  • तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर मेट्रो कलेज, राप्ती बबई क्याम्पस, जनता विद्यापीठ, नेपाल संस्कृत विश्व विद्यालय,आयुर्वेद केन्द्रीय विद्यापीठ सबै विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गर्न शैक्षिक सुधार रणनीति तथा कार्य योजनालाई निरन्तरता दिइनेछ ।
  • नव प्रवर्तनात्मक शिक्षाको आधार, शैक्षिक गुणस्तरमा सुधार अन्तरगत सामुदायिक विद्यालयहरूलाई नमुना बनाउनका लागि पाइलटिङको रुपमा वडामा एक–एक वटा तहगत नमुना विद्यालयको विकास गरिनेछ ।
  • आगामी वर्ष आधारभूत तहसम्मको शिक्षा पूर्ण निशुल्क र अनिवार्य गरिने छ । सबै विद्यालयमा स्थायी शिक्षक दरबन्दीको व्यवस्था गर्ने र नियमानुसार खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको छनौट र नियुक्ति गर्ने व्यवस्था मिलाइने छ ।
  • छोरीलाई पढाऔ, असमानता घटाऔ अभियान सञ्चालन गरिनेछ । यसका लागि उच्च शिक्षासम्म अध्ययन गर्न छोरीहरूलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्राविधिक शिक्षा,हरेक क्षेत्रमा दक्षतालाई मुर्तरुप दिन प्राविधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक विद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा, दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनआन्दोलनका घाइते परिवारलाई विषेश सहायतामा अध्ययन अध्यापन गर्न मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
  • तुलसीपुर सीप विकास प्रतिष्ठानको स्थापना गर्न आवश्यक अध्ययन र समन्वय गरिनेछ ।
  • तुलसीपुर क्षेत्रभित्रका दलित छात्रा, अपाङ्गता भएका, शहिद परिवार तथा जनआन्दोलनका घाइते, अति विपन्न मध्येबाट मेडिकल, इञ्जिनियरिङ र प्राविधिक शिक्षामा स्नातक (कृषि, वन, पशु सेवा, कानुन र प्राविधिक शिक्षा) अध्ययन गर्ने एक–एकजनालाई सामुदायिक तथा सरकारी शैक्षिक संस्थामा अध्ययन गरेमा मासिक पाँच हजार छात्रवृत्ति उपलब्ध गराइने छ ।
  • विद्यालयमा कक्षा ६ सम्मका छात्रछात्राहरूलाई दिवा खाजा प्रदान गरिनेछ ।
  • छात्राहरूलाई महिनावारी हुदा कक्षा छाड्ने, विद्यालयमा अनुपस्थित हुने प्रवृतिलाई निरुत्साहित गर्न र छात्रा उपस्थिति दर बढाउन उपमहानगरपालिकाले निशुल्क सेनेटरी प्याड वितरण कार्यलाई यस बर्ष पनि निरन्तरता दिइनेछ । साथै सबै छात्रा, छात्रहरुका लागि अलग-अलग वास सहितको अपांगमैत्रि शौचालय व्यवस्थापन गरिनेछ।
  •  विद्यालयहरूमा अभिभावकसंग  शिक्षक कार्यक्रम  लागू गरिनेछ ।
  • बालविकास केन्द्रहरूको मापदण्ड निर्माण गरी व्यवस्थित गरिनेछ । यसका लागि ६ वटा सिकाई केन्द्रहरूको व्यवस्थापन गरिनेछ।
  • तुलसीपुर उपमहानगरपालिकाभित्र अनुमति प्राप्त तथा अनुमति नलिई सञ्चालनमा रहेका शिशु कक्षा तथा बाल उद्यानलाई गैर नाफामूलक संस्थाका रुपमा दर्ता गरी कानूनी दायरामा ल्याई नियमन र अनुगमन गरिनेछ ।
  • विपतको समयमा बालबालिकालाई शिक्षा दिन अस्थायी सिकाइ केन्द्र स्थापना र वैकल्पिक सिकाईका माध्यमहरूबाट शिक्षण सिकाईलाई निरन्तरता दिइनेछ ।
  • विद्यालयहरूमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम  अध्यापन गराइनेछ ।
  • आधारभूत तहसम्म सञ्चालित सबै विद्यालयहरूमा इन्टरनेटको व्यवस्था गरिनेछ ।
  • विद्यालय शिक्षाको गुणस्तर विकासको लागि अनुगमन र व्यवस्थापन क्षमता विकास गर्ने कार्य र सार्वजनिक शिक्षामा दण्डहीनतालाई निरुत्साहित गर्न दण्ड र प्रोत्साहनको व्यवस्था गरिनेछ । विद्यालय र शिक्षक अनुगमनका लागि सम्पूर्ण विद्यालयका कक्षाकोठाहरूमा सिसिटिभी जडान गरी सम्बन्धित प्रधानाध्यापक, कार्यालय र उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट हेर्न सकिने व्यवस्था गरिनेछ ।
  • मेरो विद्यालय, सुरक्षित र उत्कृष्ट शिक्षालय अन्तरगत विद्यालयहरूको भौतिक पूर्वाधारहरू भवन, शौचालय, पुस्तकालय,ल्याब, विज्ञान प्रयोगशालाहरूको निर्माण, मर्मत सम्भार, थप सामग्रीको व्यवस्था तथा स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइनेछ । “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम” लगायतका माध्यमबाट विद्यालयहरूमा भौतिक अवस्थाको स्तरोन्नति, छात्रामैत्री शौचालय, विद्यालय घेरावार,गुणस्तरीय रंग रोगन, बालमैत्री फर्निचर आदिलाई प्राथमिकता दिइने छ ।
  • छिमेकी विद्यालयमा अतिथि शिक्षकले शिक्षण गर्न अतिथि शिक्षक शिक्षण कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
  • सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरूलाई र समग्रमा एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ  ।
  • कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरेका विद्यालयलाई प्रदेश सरकारको सहकार्यमा अनुदान उपलब्ध गराईनेछ ।
  • महिला शिक्षक सुत्केरी बिदामा रहँदा विद्यालय पठनपाठन अवरुद्ध हुन नदिन स्वेच्छिक शिक्षकको प्रबन्ध गरिनेछ ।
  • खुल्ला तथा वैकल्पिक शैक्षिक कार्यक्रम, प्रोत्साहनमूलक कार्यक्रम, विभिन्न छात्रवृति वितरण, १२ कक्षासम्म निःशल्क पाठ्यपुस्तक वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
  • मेघा तथा ठूला विद्यालय निर्माणको अवधारणलाई अगाडि बढाउँदै आवश्यकताका आधारमा विद्यालय समायोजन र पूर्वाधार सुधारको व्यवस्था गरिनेछ ।
  • तुलसीपर उपमहानगरपालिकाभित्र सञ्चालित शैक्षिक परामर्श सेवा, ब्रिजकोर्ष,भाषा शिक्षण,पूर्वतयारी कक्षा तथा कोचिङ कक्षाहरू अद्यावधिक र मापदण्ड निर्माण गरी प्रभावकारी नियमन गरिनेछ ।
  • एसईई र १२ कक्षाको परीक्षा दिई बसेका छात्रछात्राहरूको लागि उक्त खाली समयमा जिवन उपयोगी सीप कला सिकाईको व्यबस्था गरिनेछ। साथै प्राविधिक शिक्षामा छात्राको पहुँच अभिवृद्धि गर्न तुलसीपुरका सामुदायीक विद्यालयबाट एसईई उत्तीर्ण गरिब तथा जेहेन्दार छात्रालाई प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गरिरनेछ ।
  • प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक नाफामुलक र गैर नाफामुलक सामूदायिक संस्थाहरूको बीचमा समन्वय, सहकार्य एवमं गुणस्तरका लागि अनुगमन कार्यलाई विशेष जोड दिइने छ ।
  • संघीय तथा प्रदेश सरकारको समन्वयमा तुलसीपुरमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय,पूर्वीय दर्शन,आध्यात्मिक, आयूर्वेदिक, योग र पौराणिक शास्त्रहरूको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गदै यसको समयानुकूल आधुनिकीकरण र व्यवसायी बनाउन विश्वविद्यालयसंग साझेदारी गरिने छ ।
  • विभिन्न किसिमका अपाङ्ग भएकामध्ये (सुस्त श्रवण) र दृष्टिविहिन बालबालिकाहरूका लागि निश्चित स्थानमा आवासीय पठन पाठनको व्यवस्था मिलाइने छ ।
  •  “टिच फर नेपाल”, “चेन्जिङ स्टोरीज” लगायत शिक्षा सम्बद्ध सस्थासंगको सहकार्यलाई निरन्तरता तथा विस्तार गरिने छ ।
  • विद्यालय हाता बाहिर वडा कार्यालय र वि.व्य.स.ले तोकेको सिमाक्षेत्र भित्र मादकपदार्थ तथा सूर्तीजन्य वस्तुहरू र जंकफुड(पत्रुखाना)को बिक्री वितरणमा पूर्णतः निषेध गर्ने व्यवस्था मिलाइनेछ ।
  • स्वास्थ्यका लागि खेलकुदलाई जोड दिदै आधारभुत तह कक्षा ६–८ र माध्यमिक तहको लागि खेलकुद प्रशिक्षकको व्यवस्था गरिनेछ ।
  • बालबालिका तथा युवालाई आत्मानुशासन, जनसेवाप्रति समर्पित गर्न नगर तथा विद्यालयस्तरमा स्काउट क्लबको गठन गरी क्रियाशिल बनाउने नीति लिइनेछ ।
  • हरित विद्यालयको लागि एक विद्यार्थी एक बिरुवा कार्यक्रमलाई अघि बढाइनेछ । साथै विद्यालयको खाली क्षेत्रमा फलफूलका बिरुवा रोप्ने कार्यलाई अभियानकारूपमा अघि बढाइनेछ ।

स्वास्थ्य तथा पोषण

  • तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरि तुलसीपुर ८ अश्वारामा संचालनमा रहेको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पतालमा गुणस्तरीय, सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशेषज्ञ उपचार सेवाहरु संचालन गरिने छ। अस्पताललाई भविष्यमा आउन सक्ने महामारीजन्य तथा सरुवा रोगको जोखिमवाट नागरिकलाइ सुरक्षित गर्न स्वास्थ्य आपतकालीन संचालन केन्द्र ( Health Emergency Operation Centre ) को रुपमा विकास गरिनेछ छ। 
  • तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई नागरिक स्वास्थ्य विमा कार्यक्रम संचालन केन्द्रको रुपमा विकास गरिनेछ।
  • सुरक्षित आमा, सुपोषित सन्तान कार्यक्रमलाई निरन्तरता दिदै मातृ मृत्युदरको शुन्यतालाई दीगो पारिनेछ ।
  • गुणस्तरीय स्वास्थ्य सेवा, नगरवासीको अपेक्षा’गुणस्तरिय आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई ग्यारेन्टी गर्नलाई सवै वडाका वस्तीहरूमा वसोवास गर्ने नागरीक तथा समुदायसम्म पहुँच पुर्याइने छ । 
  • आधारभूत आपतकालिन प्रसुति सेवा ( बर्थिङ सेन्टर) सञ्चालनमा निरन्तरता  दिइनेछ । विकट बस्तीका गर्भवती आमाहरूलाइ पवननगर, फूलवारी, हलवार र बिजौरी स्वास्थ्य केन्द्रमा आवासीय प्रसुति स्याहार शुरु गरिने छ ।
  • राप्ती प्रादेशिक अस्पतालको विशिष्टिकृत सेवा सुदृढीकरणका लागि संघ तथा प्रदेश सरकार र अस्पताल विकास समितिसँग सहकार्य  गरिने छ । साथै प्रादेशिक आयुर्वेद चिकित्सालय र राप्ती आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणमा समेत संघ,प्रदेश र अस्पताल विकास समितिसँग समन्वय,सहकार्य गरिनेछ ।
  •  कार्यक्रम अन्तर्गत निशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिइने छ ।
  • स्मार्ट छोरी , सक्षम नारी कार्यक्रमलाई निरन्तरता दिदै गरिब, विपन्न, अल्पसंख्यक र सीमान्तकृत परिवारलाई प्राथमिकतामा राखिनेछ ।
  • विकट बस्तीमा “उपमेयर आमा सुरक्षा सेवा कार्यक्रम अन्तर्गत निशुल्क घुम्ती गर्भवती अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिने छ ।
  • यातायात मजदुरलाई लक्षित गरि आधारभूत स्वास्थ्य जाँचको “स्वस्थ चालक, सुरक्षित यात्रा” कार्यक्रम लागु गरिने छ ।
  • स्वस्थ्य विद्यार्थी सबल भविष्य अभियान सञ्चालन गरी संघ र प्रदेशको सहकार्यमा माध्यमिक तहका विद्यालयहरूमा एक विद्यालय एक नर्सको व्यवस्था गरिनेछ ।
  • स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली र नगरको आन्तरिक सूचना व्यवस्थापनको लागि सवै स्वास्थ्य संस्थाहरूमा  डिजीटल प्रणालीमा आधारित रिपोर्टिङ प्रणाली लागु गरिने छ ।
  • निजी स्वास्थ्य संस्थाहरूको सहकार्यमा परिवार नियोजन तथा निशुल्क सुरक्षित गर्भपतन सेवा विस्तार गरिने छ ।
  • देशको मौलिक चिकित्सापद्धतिको रुपमा आयुर्वेदको विकासमा जोड दिइने छ । नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरि प्रतिरोधात्मक, प्रवर्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवा सबै नागरिकको सहज पहुँचमा पुर्याइने छ ।
  • नसर्ने रोग मृत्युको प्रमुख कारण बनेको, यसको नियन्त्रण व्यक्ति र समाजको जीवन शैलीमै परिवर्तन आए पछि मात्र सम्भव हुने भएकोले त्यस अनुरुपको स्वास्थ्य प्रणाली विकास गर्न नसर्ने रोगहरूको उपचार तथा सचेतनालाई विद्यालयस्तरदेखि लागु गरिने छ ।
  • जलवायु परिवर्तन तथा प्राकृतिक विपद्ले सिर्जना हुने मानवीय स्वास्थ्य समस्या समाधान गर्न विपद पूर्वतयारी र व्यवस्थापनलाई प्रभावकारी बनाइने छ । वातावरण प्रदूषणको प्रभावकारी नियन्त्रण गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारलाई सुनिश्चित गरिने छ ।
  • स्वास्थ्यकर्मी र सेवाग्राही बीच सुमधुर सम्बन्धको सुनिश्चितता गर्दै मुस्कान सहितको सेवालाई प्रत्याभूति गर्नुको साथै स्वास्थ्यकर्मीहरूले निर्वाह गर्नु पर्ने पेशा धर्मिता (आचार संहिता) को पालनालाई सुनिश्चित गरिने  छ ।
  • मानसिक स्वास्थ्य समस्याको रोकथामका लागि मनोपरामर्श सेवा सञ्चालन गरिने छ ।
  • संघ, प्रदेश  र गैरसरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा एकल, शारीरिक तथा मानसिक रुपमा अशक्त परिवार र संरक्षण नपाएका ज्येष्ठ नागरिकको निशुल्क उपचार र संरक्षणको व्यवस्था गरिनेछ ।
  • पालिकामा बहुक्षेत्रीय पोषण तथा आपतकालीन पोषण कार्यक्रमलाई महत्वका साथ लागु गरिने छ ।
  • संघ र प्रदेशको सहकार्यमा पालिकामा आफ्नै औषधि भण्डारण तथा खोप कोल्डचेन भवन निर्माण गरिने छ  ।
  • सडक दुर्घटना न्युनीकरण तथा पुर्नस्थापनाका कार्यक्रम सञ्चालनका साथै अपांगतामैत्री फिजियोथेरापी सेवालाई निरन्तरता गरिनेछ ।
  • एच.आई.भी. एड्स रोगको प्रकोपदर घटाउन सम्बन्धित संस्था तथा जोखिम समूहसंग साझेदारीको कार्यक्रम सञ्चालन गरिनेछ । 

खानेपानी तथा सरसफाई

  • शुद्ध पानी स्वस्थ जिन्दगानी अभियान अन्तगर्त हाल तुलसीपुरमा ८४.७ प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुगेकोमा आगामी आर्थिक वर्षमा यसलाई शतप्रतिशत पुर्याइनेछ । 
  • तुलसीपुर क्षेत्रका खानेपानी मुहानहरूको पहिचान, अभिलेख , संरक्षण र व्यवस्थापन गरिनेछ ।
  • नगर क्षेत्रका खानेपानी आयोजनाहरूको शुद्धता परीक्षण गरिनेछ ।
  • एक घर, एक धारा अभियानलाई सफल पार्न उपमहानगरका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय खानेपानी पुर्याउने अभियानलाई निरन्तरता दिईनेछ । साथै धारा पुर्याउन नसकिने स्थानमा खानेपानीको वैकल्पिक व्यवस्था गरिनेछ ।
  • तुलसीपुर उपमहानगरबासीहरूलाई शुद्ध, गुणस्तरीय तथा खानेपानीमा न्यायोचित पहुँच वृद्धि गर्न संघ, प्रदेश सरकार तथा विकास साझेदारहरूसँग समन्वय गरी खानेपानी आयोजनाहरूको विस्तार गरिनेछ ।
  • खानेपानी आयोजनाहरूको नियमित मर्मत सम्भारका लागि साना आयोजनाहरूको मर्मत सम्भारमा सहयोग गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकालाई पूर्णरुपमा सरसफाईयुक्त नगर बनाउनका निम्ति “आहा ! म मेरो शहर आफै सफा गर्छु” अभियानलाई निरन्तरता दिइने । साथै पूर्ण सरसफाईयुक्त वडाहरू घोषणा गर्दै लगिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाको बजारक्षेत्रको ढल व्यवस्थापन गरिनेछ ।
  • सबै खानेपानी आयोजनाहरूलाई व्यवस्थित गर्न नगर खानेपानी बोर्ड गठन गरिने छ ।

सामाजिक समावेशिकरण

  • लक्षित वर्गको स्रोत साधनमा पहुँच अभिवृद्धि गर्न क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • तुलसीपुरका महिला सीप र दक्षतामा पहिला अभियान सञ्चालन गरी आयआर्जन वृद्धि गर्न जीवकोपार्जन सम्बन्धि सीप प्रदान गरिनेछ ।
  • बाल अधिकार सवैको सरोकार तुलसीपुरलाई बालश्रममुक्त, सडक बालबालिका र सडक मानवमुक्त नगर स्थापना कार्यलाई निरन्तरता दिइनेछ । असहाय, अनाथ, बेवारिसे बालबालिकाहरूको संरक्षण तथा विषेश सुरक्षा प्रदान गर्न संघ, प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यलाई निरन्तरता दिदै उपमहानगरपालिका क्षेत्रभित्रका अनाथ बालबालिकालाई अल्पकालीन संरक्षण गृहको निर्माण गरी अथवा सार्वजनिक विद्यालयमा उपलब्ध संरचनाको उपयोग गरी निशुल्क आवासको व्यवस्था गरिनेछ ।
  • लैंगिक हिंसा विरुद्धका नीति नियमहरूको प्रभावकारी कार्यान्वयन र लैंगिक हिंसा विरुद्धका प्रभावकारी अभियानहरू सञ्चालन गरिनेछ ।
  • महिलाहरूको शसक्तीकरण, नेतृत्व विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • तुलसीपुरको बजेट प्रणालीलाई लैगिक उत्तरदायी बनाइनेछ ।
  •  दलितहरूको हक, अधिकार र समानता स्थापनाका दलित सशक्तिकरण ऐनलाई तिब्र कार्यन्वयनमा ल्याईनेछ।
  • तुलसीपुर उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्द्धनको अभियानलाई तिव्ररुपमा अगाडि बढाई घोषणाको तहसम्म पुर्याइनेछ ।
  • लैगिक हिंसामा परेका महिलाहरूको उपचार तथा पुनस्थापनाका लागि “उपमेयर महिला सुरक्षा आवास कार्यक्रम ” लाई निरन्तरता दिईनेछ । पिडित, प्रभावितलाई सीप विकास तालिम, वस्तुगत सेवाको साथै आर्थिक राहत प्रदान कार्यलाई निरन्तरता दिइनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाले आयोजना गर्ने हरेक कार्यक्रममाअथितिकारूपमा महिला सहभागिता अनिवायरूपर्मा  गरिनेछ ।
  • ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै व्यक्तिहरूलाई परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिदै जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको कानुन प्रदत्त अधिकार र सेवासुविधा प्रदान गराउन सहजीकरण गरिनेछ ।
  • ‘ज्येष्ठ नागरिकलाई सम्मानः ज्येष्ठ नागरिकप्रति नगरको योगदान’८० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई घरदैलो मै स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइनेछ ।
  • संघ, प्रदेश र गैरसरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा एकल, शारीरिक तथा  मानसिक रुपमा अशक्त परिवार र संरक्षण नपाएका जेष्ठ नागरिकको निशुल्क उपचार र संरक्षणको व्यवस्था मिलाइनेछ ।
  • आदिवासी, जनजाति, दलित र अल्पसंख्यक समुदायले परम्परादेखि गर्दै आएको पेशालाई आधुनिकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशील बनाई संरक्षण गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकालाई अपाङ्गमैत्री उपमहानगरको रुपमा विकास गरिनेछ । यसका लागि विशेष शिक्षा विद्यालय सञ्चालनका लागि प्रदेश सरकारसँग सहकार्य,अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामाग्री वितरण, र अपांगहरूको सीप विकास गरी रोजगार र स्वरोजगारको सिर्जना गरिनेछ ।
  • गरिब तथा विपन्न, दलित, आदिवासी, जनजाति, एकल तथा अपाङ्गता भएका महिला, हिंसापिडित, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एचआइभी सङ्क्रमित सबै समुदायका महिला तथा किशोरीको आयआर्जन, क्षमता विकास र सशक्तीकरण गर्नेगरी आर्थिक तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन  गरिनेछ ।
  • हेपिएकालाई मान, शून्य हिंसा अभियान अन्तर्गत लैङ्गिक समानता र महिला शसक्तीकरणको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्दै नेतृत्व विकासमा जोड दिईनेछ ।

युवा तथा खेलकुद

  • युवा स्वरोजगार तुलसीपुरको समृद्धिको आधार अन्तर्गत स्वरोजगार कार्यक्रममार्फत विदेश पलायन हुने युवाहरूलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा युवा परिषद र युवा सञ्जालमार्फत युवाको नेतृत्व विकासका लागि नेतृत्व विकास सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । साथै युवा उद्यमीका लागि घुम्ती कोषको स्थापना गरि परिचालन  गरिनेछ ।
  • स्थानीय ऐन निर्माण गरि नगर खेलकुद विकास समिति गठन गरिने छ ।
  • मेयरकप फुटवल,राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता,विद्यालयभित्र अतिरिक्त क्रियाकलाप अन्तरगतका खेलकुदहरू, वडास्तरीय प्रतियोगिताहरू  सञ्चालन गरिने छ ।
  • युवा उद्यमशिलताका लागि तालिम, व्यावसायिक तथा सीपमुलक शिक्षा, ईन्टर्नशीप, स्टार्टप, युवा केन्द्रित बीउँ पुँजीको व्यवस्था गरी करिब १००० युवाहरूलाई तुलसीपुर उपमहानगरपालिकामै रोजगारीको अवसर सिर्जना गरिने प्रबन्ध गरिनेछ । साथै युवाहरूलाई व्यवसायमा सिर्जनात्मक अवधारणा विकास गर्नका लागि विभिन्न प्रतियोगिताको आयोजना गरिनेछ र उत्कृष्ट अवधारणालाई व्यवसाय सञ्चालनमा सहयोग गरिनेछ ।
  • तुलसीपुरका युवाहरूलाई लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना अभियान सञ्चालन गरिनेछ ।
  • युवा उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तिय संस्थासँग समन्वय गरिनेछ ।
  • युवाहरूको प्रतिभाको खोज तथा  पहिचान गरी उनीहरूको प्रतिभालाई उपयोग गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • युवाहरूलाई संसदीय अभ्यासप्रति जानकार गराउनका लागि युवा परिषद्को सहयोगमा नमुना युवा सभा कार्यक्रम सञ्चालन गरिनेछ ।

कला संस्कृति

  • विभिन्न जातजातीका कला, संस्कृतिको खोज अुनसन्धानका लागि विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रहरूसँग समन्वय गरिनेछ ।
  • तुलसीपुरमा चलचित्र छायाँकनको सम्भावना पहिचानका साथै चलचित्रका माध्यमबाट यहाँको कला,संस्कृति, इतिहासको उजागर गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • हाम्रो संस्कृति, हाम्रो पहिचान अन्तर्गत स्थानीय भेषभूषा, कला संस्कृतिको जगेर्ना गर्न तुलसी कला संग्रहालयको स्थापना गरिनेछ । साथै रैथाने खाना प्रदर्शनी कार्यक्रमको व्यवस्थापन गरिनेछ।
  • स्थानीय साहित्य, संगीतको संरक्षण र संवर्द्धनका साथै साहित्यकार र कलाकारहरूको प्रतिभा उजागर गर्नका लागि विभिन्न प्रतियोगिता र महोत्सवहरूको आयोजना गरिनेछ ।
  • श्रष्टालाई सम्मान तुलसीपुरको पहिचान अन्तर्गत साहित्य र कलाका विभिन्न विधामा योगदान दिएका अग्रज र नयाँ प्रतिभाहरूलाई सम्मान र  प्रोत्साहन गरिनेछ ।
  • ग्वारखोला तथा टुईखोला मानव सभ्यताको पहिचान गरी ईतिहासिक खोज तथा अध्ययनको विषय बनाईनेछ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण

  • सामाजिक सुरक्षा तथा पञ्जीकरण प्रणालीलाई अनलाईन प्रणालीमा व्यवस्थित गर्न तथा सबै वडाका सचिवहरूलाई पञ्जीकरण  तथा सामाजिक सुरक्षा सम्बन्धि सचेनामुलक अभिमुखीकरण गर्दै क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ
  • तुलसीपुर उपमहानगरपालिकाको अनलाईन प्रणालीमा आधारित घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गरिनेछ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण तथा आधुनिकीकरण गर्न सामाजिक सुरक्षा भत्ता प्रणालीबाट वितरण गर्ने प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।
  • सूचना व्यवस्थापन (MIS) प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रणाली व्यवस्थित गरी व्यक्तिगत घटना दर्ताका पुराना अभिलेखहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार डिजिटाइजेशन गरिनेछ ।
  • ५ वर्ष मुनिका सवै बालबालिकाको जन्म दर्ता गरिने छ । यसका लागि जन्मदर्ता शिविर सञ्चालन गरिने छ ।

पूर्वाधार विकास

सडक, पुल, यातायात

  • दीगो सहर व्यवस्थित पूर्वाधारलाई मुर्तरुप दिन दीगो विकासका लक्ष्य हासिल गर्ने गरी सबै विषय र क्षेत्रका नीति तथा कार्यक्रमबिच अन्तर आवद्धता गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिका भित्र निर्माण गरिने सबै सडकहरूलाई शहरी र ग्रामीण सडक वर्गीकरण गरी लगत कट्टा गरेर मात्र सडक निर्माण गर्ने र सडक सम्बन्धि राष्ट्रिय मापदण्डअनुसार सडक गुरुयोजना अद्यावधिक गरिनेछ ।
  • नगरस्तरमा पूर्वाधार गुणस्तर मापन प्रयोगशाला स्थापना गरिनुका साथै सडकहरूको नक्साङ्कन र नम्बरिङ (मेट्रिक्स एड्रेसिङ सिष्टम)  कार्य अगाडि बढाइनेछ ।
  • सडक दुर्घटना न्यूनीरणका लागि व्यवस्थित पार्किङ र सडकको छेउमा जथाभावी निर्माण सामग्री तथा अन्य सामग्री राख्ने कामलाई निरुत्साहित गर्दै तुलसीपुर उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुरक्षित हरित शहरका रुपमा स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिनेछ ।
  • तुलसीपुरको बजार क्षेत्रमा सुरक्षित खानेपानी तथा सार्वजनिक शौचालयहरू व्यवस्थापन गरिनेछ ।
  • बसपार्कलाई आधुनिक,सुविधा सम्पन्न,यात्रुमैत्री, अपाङ्गमैत्री, प्रविधिमैत्री बनाई व्यवस्थित र समायानुकुल स्तरोन्नति गर्दै लगिनेछ । बसपार्कको थप संरचना निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
  • नगर भित्रका आयोजनाहरूमा उपभोक्ताको अपनत्व हुने गरि लाभग्राही लागत साझेदारीमा निर्माण हुने आयोजनामा नगरको प्राथमिकता हुनेछ ।
  • तुलसीपुर उपमहानगरपालिका भित्र र अन्तरपालिकासम्म यातायात सञ्चालन गर्न स्थानीय तहसँग समन्वय गरी यातायात सेवालाई विस्तार गर्न तुलसी नगर बस सेवा सञ्चालन गरिनेछ ।
  • नगर भित्रका सडकहरूमा तत्काल मर्मत गर्न सकिने आयोजनाहरूका लागि मर्मत सम्भार कोषको व्यवस्था गरिने छ । साथै पूर्वाधार विकास प्राधिकरणका सवारी साधनहरूलाई परिचालन र क्रियाशिल गरिनेछ ।
  • विभिन्न आयोजना सम्पन्न भए पछि सम्बन्धित टोल विकास समिति, उपभोक्ताहरूलाई आयोजना हस्तान्तरण गरि मर्मत सम्भारको जिम्मेवारी बनाईनेछ ।
  • वातावरणमैत्री सडक बनाई सडकको संरचना अनुसार दाँया÷बाँया र सडकको बिच वृक्षरोपण गरि हरित(सौन्दर्य) शहरका रुपमा विकास गरिनेछ ।
  • शहर र आवासीय क्षेत्रमा सडक बत्ति र सिसी क्यामरा जडान गर्ने कार्यलाई तिव्रता दिईनेछ ।
  • नगरभित्रका ग्रामीण कृषकहरूलाई बजारसँग प्रत्यक्ष जोड्ने ग्रामीण कृषि मार्गको व्यवस्था गरिनेछ ।
  •  संघीय सरकार, प्रदेश सरकारसँग समन्वय गरि तुलसीपुरको चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि पहल गरिनेछ ।
  • संघीय सरकार, प्रदेश सरकार, अन्तरपालिका र गैरसरकारी संघ÷संस्था तथा विकास साझेदारीसँग सहकार्य गरि सह–लगानी, समपुरक र विशेष अनुदानमा आयोजना÷कार्यक्रम सञ्चालन गरिनेछ ।
  • ग्वारखोला,पातुखोला र बबई रिभर रुटलाई आधार बनाएर शहरी सडक करिडोरको निर्माण गरिनेछ ।
  • गौरवका ठुला आयोजना छनौट गरि साना टुक्रे योजनामा रकम विनियोजन गर्ने प्रणालीलाई अन्त्य गरिनेछ ।
  • स्वीकृत बार्षिक बजेट अनुसार आयोजना तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्दा वार्षिक कार्य योजना (क्यालेण्डर) बनाएर काम गरिनेछ ।
  • उपमहानगरपालिका भित्रका भित्री सडकमा उपभोक्ताको अपनत्व ग्रहण हुने गरी लाभग्राहीको लागत साझेदारीमा सम्बन्धित टोल विकास संस्थासँग समन्वय गरी सडकको निर्माण र स्तरोन्नति गरिनेछ ।
  • सडकहरूमा तत्काल गर्न सकिने सडक मर्मत र सम्भारका निम्ति पालिकाका साधन औजारहरूलाई प्रारम्भिक प्रतिक्रिया इकाईका रुपमा क्रियाशिल गराइनेछ ।
  • उपमहानगरपालिकास्तरमा एउटा पूर्वाधार गुणस्तरमापन प्रयोगशाला स्थापना गरिनेछ ।
  • सडक दुर्घटना न्यूनीकरणका लागि व्यवस्थित पार्किङ र सडकमा जथाभावी निर्माण सामग्री तथा अन्य सामग्री राख्ने कामलाई निरुत्साहित गर्दै सचेतना कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
  • विद्युतीय सवारी साधनहरूको लागि चार्जिङ स्टेशनको व्यवस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।
  • एयरपोर्टलाई पहाडी जिल्लाहरूको उडान केन्द्रको रुपमा विकास गर्नुका साथै धावनमार्ग विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

विद्युत तथा वैकल्पिक उर्जा

  • उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका विद्युत पोलहरूमा अव्यवस्थित तारहरूलाई भूमिगत व्यवस्थापनका लागि विभिन्न निकायसँग सहकार्य गरि शहरलाई व्यवस्थित गरिनेछ ।
  • उज्यालो तुलसीपुर, सुरक्षित तुलसीपुर अभियान अन्तर्गत सम्बन्धित टोल विकास संस्थाको लागत सहभागितामा सडक बत्ति जडानलाई निरन्तरता दिईनेछ ।
  • तुलसीपुर भित्रका सबै घरधुरीहरूमा विद्युतको पहुँचलाई स्थापित गरिनेछ । उर्जाको वैकल्पिक स्रोतमा ध्यान दिइनेछ । 

आवास, भूउपयोग तथा बस्ती विकास

  • तुलसीपुरमा नयाँ निर्माण, मर्मत सम्भार वा प्रबलीकरण गरिने भवनहरूमा विपद जोखिम न्युनीकरण तथा जलवायू अनुकुल डिजाइनलाई प्रोत्साहन गर्न र उर्जा प्रभावकारीता सुनिश्चित गर्न नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी, दर्तावाला डिजाइनर तथा अन्य सम्बन्धित लघु,साना तथा मध्यम व्यवसायीहरूको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • तुलसीपुरमा नयाँ निर्माण, मर्मत वा प्रबलीकरण हुने भवनहरूमा उर्जा खपत कम गरी, भवनलाई उर्जा प्रभावकारी बनाउने प्रयोजन र जलवायू अनुकुल डिजाइनलाई प्रोत्साहन गर्नका लागि भवन मापदण्डमा आवश्यक सुधार वा परिमार्जन गरी नक्सापास प्रक्रियामा नियमन गर्ने व्यवस्था लागू गरिनेछ ।
  • जलवायू अनुकूल डिजाइनलाई प्रोत्साहन गर्न र भवनलाई उर्जा प्रभावकारी बनाउने विषयमा सूचना प्रविधिको प्रयोग गरी प्रचारप्रसार गर्नुको साथै वडा तथा टोलस्तरमा भेला आयोजना गरी सचेतना अभिवृद्धि गरिनेछ ।
  • सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडि बढाइनेछ ।
  • सुरक्षित घरका लागि नयाँ बन्ने घरहरूलाई नक्सापासको मापदण्ड भित्र ल्याइनेछ । नक्सापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिनेछ।नक्सापास नगर्ने घरधनीलाई तुलसीपुर उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा साथै विद्युत पानीको सिफारिस समेत कटौति गरिनेछ ।
  • घ वर्गका घरहरू तथा अस्थायी निर्माण गरिने संरचनाहरूलाई पनि न्यूनदरमा नक्सा पासको दायरामा ल्याइनेछ ।
  • भवन नक्सा पास प्रक्रियामा अवलम्बन गरिएको विद्युतीय प्रणालीलाई निरन्तरता दिइनेछ । साथै पुराना मिसिलहरूलाई अनलाइन प्रक्रियामा अद्यावधि गरिनेछ ।
  • तुलसीपुर क्षेत्रमा एमएसएएस  लागु गरी घर नम्बर राख्ने कार्यको सम्भाव्यता अध्ययन गरिनेछ ।
  • तुलसीपुर क्षेत्रभित्र भू–उपयोग नियमावली २०७९को अवधारणामा जग्गाहरूलाई कृषि, व्यावसायिक, आवासीय र औद्योगिक वर्गहरूमा वर्गीकरण गरिनेछ । नगरक्षेत्र भित्री Land Pooling का लागि सम्भाव्यता अध्ययन गरी आधुनिक बस्ती स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्यथालनी गरिनेछ ।
  • सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
  • भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजश्व वृद्धिमा टेवा पुर्याउने कार्यक्रम ल्याइनेछ ।
  • तुलसीपुरका सहर,टोल बस्तिको शौन्दर्यताका लागि आवासिय र व्यापारिक भवनको डिजाईन गरी, प्रत्येक वडामा फरक फरक रङको व्यवस्था मिलाईनेछ।

सूचना तथा सञ्चार प्रविधि

  • सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच अभिवृद्धि गरिनेछ । शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरिनेछ ।
  • पालिकाबाट सञ्चालन हुने अनलाइन प्रणालीहरूबिच अन्तरआबद्धता कायम गरी सेवा उपलब्ध गराईनेछ । अनलाइन सेवाहरू वडा तहबाट नै उपलब्ध गराइनेछ ।
  • “सूचना तथा संचार, दीगो विकासको आधार”नीतिलाई प्राथमिकता दिईनेछ । साथै सूचनाको हक सम्बन्धि कानुनलाई व्यवहारमा कार्यान्वयन गरिनेछ । पालिकाका सबै खालका गतिविधिहरू वेभसाईटमार्फत सार्वजनिक गरिनेछ । 
  • विभिन्न नीति, योजना तथा कार्यक्रम आदिको निर्माण तथा विश्लेषणको लागि आवश्यक तथ्यांक संकलन तथा सर्वेक्षणको कार्यक्रमलाई प्राथमिकता दिईनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाबाट प्रकाशित गरिने सूचना तथा विज्ञापनलाई एकद्घार प्रणालीद्घारा व्यवस्थित गरिनेछ । साथै लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिईनेछ।
  • सबै शाखा महाशाखा र वडाहरूसँग निरन्तर समन्वय र सहकार्य गरिने छ । साथै शाखा महाशाखा र वडाहरूको कार्यप्रगतिको चौमासिक तथा वार्षिक उपलब्धीको सूचना संकलन, विश्लेषण आदि कार्यहरू प्रभावकारी रुपमा गरिनेछ साथै सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षणको कार्य नियमित गरिनेछ ।
  • एकिकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरिनेछ । साथै अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाईनेछ ।

उपभोक्ता हित संरक्षण

  • तुलसीपुरभित्र सञ्चालन हुने सबै किसिमका उद्योग, व्यापार व्यवसायलाई कानून अनुसार दर्ता प्रक्रियामा ल्याईनेछ ।
  • उपभोग्य वस्तु वा सेवाको गुणस्तर परिमाण एवं मूल्यको अनियमिततावाट उपभोक्तालाई संरक्षण प्रदान गर्ने तथा स्वच्छ ,प्रतिस्पर्धी र स्वस्थ बजार निर्माण तथा प्रवर्द्धन गरी  कालोबजारी पूर्णरुपमा नियन्त्रण गरिनेछ ।
  • बजारमा मापदण्डविपरित संचालित व्यवसाय व्यवस्थापन, बजार क्षेत्रभित्र जेब्राक्रसको व्यवस्था,पार्किङ र लोकेसनका बोर्डहरू,अटो व्यवस्थापन, माईकिङको व्यवस्था आदिको विभिन्न किसिमका कार्यले बजारको सुन्दरता झल्किनुका साथै आर्थिक समृद्धिमा टेवा बढाईनेछ ।
  • खाद्य स्वच्छतामा आम नागरिकको चेतना जागृत गर्नका लागि विभिन्न निकायसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • उद्योगहरूमा उत्पादनको स्वच्छता ग्यारेन्टी गर्न अनिवार्यरुपमा खाद्य प्राविधिकहरू राख्ने नीति ल्याई कार्यान्वयन गरिनेछ ।

वन वातावरण तथा विपद् व्यवस्थापन

  • विपद जोखिम व्यवस्थापनका लागि  नीतिगत एंव  संस्थागत निर्माण तथा सुदिढिकरण कार्यलाई निरन्तरता दिईने नीति अवलम्बन गरिने छ ।
  • तुलसीपुर आपतकालिन कार्य सन्चालन केन्दलाई प्रभावकारी संचालनका लागि मानव संसाधन तथा उपकरणको ब्यवस्थापन गरिने छ ।
  • जनवायू अनुकुलन तथा विपद व्यवस्थापनका क्रियाकलापलाई एकिकृत गरी जोखिम न्यूनिकरण तथा रोकथाम गरिनेछ।
  • एकिकृत सुचना प्रणाली Bipad Portalलाई ब्यवस्थित गरी आपतकालिन सुचना संयन्त्रको निर्माण तथा पुर्व सुचना प्रणालीको सुदृढिकरण गरिने छ ।
  • विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापनमा सार्बजनिक,निजि,गैरसरकारी,सहकारी छिमेकि पालिकाहरु संघसंस्थाहरु र समुदाय बीच साझेदारी एवं सहकार्य लाई प्रवर्द्धन गरिने छ ।
  • तुलसीपुर उप–महानगरपालीकाको “विपद जोखिम न्यूनिकरण निति २०२०”, विपद जोखिम न्यूनिकरण रणनितिक कार्ययोजना २०२०–२०३०”,जोखिम संवेदनशील भू–उपयोग योजना”ले निदृष्ठ गरे बमोजिमका  निति तथा कार्ययोजनाहरुको कार्यान्वयन गर्न गराउन  सक्दो प्रयास गरिने छ ।
  • वातावरणमैत्री स्थानीय शासनका पूर्वाधार पुरा गरी वातावरणमैत्री टोल, वडा/नगर बनाउने नीति तथा कायको थालनी गरिनेछ र साथै वातावरणीय प्रदुषण नियन्त्रण कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्ने प्रयास गरिनेछ ।
  • विपद जोखिम न्युनिकरणका लागि विपत पूर्ब सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि संघ,प्रदेश तथा अन्य सहयोगी संस्थाहरुसंग समन्वय गरिनेछ ।
  • विपद ब्यवस्थापनका लागि संस्थागत क्षमता विकास कार्यलाई अगाडि बढाईने नीति अवलम्बन गरिने छ ।
  • ब्यवसायिक भवन, गोदामघर एवं आवासिय भवनहरुको साथै बनमा लाग्ने आगलागी जोखिम न्यूनिकरणका लागी निजि क्षेत्र,सामुदायिक वनहरुको सहकार्यमा आवश्यक उपकरणहरुको जानकारी सहित सचेतनामुलक कार्यक्रमहरु गरिने छ ।
  • विपद पूर्ब तयारी खोज तथा उद्धार,राहत सामग्रीको पूर्ब भण्डारण,बितरण र समन्वयलाई प्रभाबकारी बनाईनेछ ।
  • आगलागी नियन्त्रणको लागी हाल भएको बारुण यन्त्र (दमकल)लाई मर्मत सम्भार गरी २४ सै घण्टा सेवा दिन ब्यवस्था मिलाइने छ र साथै थप एक  प्रविधि यूक्त बारुण यन्त्रको ब्यवस्थापन गरिने छ।
  • विपद तथा जोखिममा परेका महिला,वालवालिका ,अपाङग तथा अशक्त  जेष्ठ नागरिकलाई खोज तथा उद्धार,राहत सामग्रीको वितरणमा प्राथमिकता दिईने छ।
  • विपदप्रतिकार्य योजना सबै वडा, विद्यालय, टोल विकास संस्था र नगर स्तरमा तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • विपद जोखिम न्युनिकरण,पूर्बतयारी, खोज तथा उद्धार,प्रतिकार्य राहत,पर्नरलाभ कार्यलाई सहज तुल्याउन विपद व्यवस्थापन कोषमा लाई प्रभावकारी रुपममा परिचालन गरिने छ ।
  • तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र रहेका सामुदायीक वन, नीजि वन, धार्मिक वन, लगायत सम्पुर्ण वनहरुको लगत संकलन गरी उद्दमशिलतामा आधारित कार्यक्रम संचालन गरिनेछ।
  • नगरस्तरिय उर्जा योजना (Municipal Energy Plan) निर्माण गरी क्रमिक रुपमा स्वच्छ उर्जामा आधारित परियोजना संचालन गरिनेछ। समुदायीक वनहरुमा क्रमिक रुपामा वन पैदावार र वन्यजन्तु संरक्षण सम्बन्धी कार्यक्रम संचालन गरिनेछ।
  • किसान लाई घर पालुवा जनावर तथा वस्तुभाउ को मलको प्रयोगवाट जैविक उर्जा (Bio-Energy) कार्यक्रम मार्फत वायो ग्याँसको प्रयोग प्रर्वधन कार्यको लागि नीति वनाईने छ।
  • बातावरण संरक्षण र प्रवर्धनका लागि बैज्ञानिक उपायहरु अबलम्बन गरिनेछ|
  • चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरिनेछ | प्लास्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्रि वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु संचालन गरिनेछ |
  • उपमहानगरपालिका भित्र जल, जमिन, बायु र ध्वनी प्रदुषण नियन्त्रण गरी स्वच्छ बातावरण प्रबर्धन गर्न आवश्यक कार्यक्रम बनाई संचालन गरिनेछ |
  • सार्बजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ | सतप्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा “रुख रोपौ वातावरण जोगाँउ” अभियान संचालन गरिनेछ|
  • भु-क्षय तथा प्राकृतिक प्रकोपको चाप कम गर्न पारिस्थिकिय सन्तुलन कायम राख्न सघाउ पुर्याउने खालका कार्यक्रम संचालनमा ल्याईनेछन।
  • वातावरण व्यवस्थापनका लागि विभिन्न निकायसंग समन्वयात्मक कार्यक्रम संचालन गरिनेछ।

फोहोरमैला व्यवस्थापन तथा सरसफाई

  • फोहरको श्रोतमा पृथकीकरण गरी ब्यबस्थापन गर्न तीन प्रकारका भाँडा (वेस्टबिन) खरीद गरी सहुलियतपूर्ण दरमा उपमहानगरबासीलाई उपलब्ध  गराईनेछ |
  • Refuse, Reduce, Reuse, र Recycle 4Rको अवधारण अनुसार उपमहानगरको फोहरमैला (Municipal Solid Waste) को दिगो व्यवस्थापन गरिनेछ । यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सो को प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी “फोहरमा मोहर” अवधारणा कार्यान्वयन गर्ने नीति लिइनेछ ।
  • फोहोरलाई बर्गिकरण र प्रशोधन गरी दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड, कार्यविधि तयार गरी निजि वा सहकारी क्षेत्रसँगको सहकार्यमा कार्य गरिनेछ ।
  • बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइनेछ ।
  • फोहोरमैला संकलन तथा सरसफाईमा खट्ने कर्मचारीहरुको स्वास्थ्य परिक्षण लगायत अन्य सुरक्षा मापदण्ड अपनाइनेछ ।
  • फोहोर व्यबस्थापन तथा प्रशोधन लागि थप पूर्वाधार निर्माण गरिनेछ।

भूमि व्यवस्थापन

  • तुलसीपुर उपमहानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलित लगत अनुसार अनलाईन प्रविष्टिको कार्य सम्पन्न गरी जग्गा नापजाचको कार्य प्रभावकारी रुपमा लागू गरिनेछ।
  • भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लालपुर्जा निर्माण र वितरणको कार्यकालागि राष्ट्रिय भूमि आयोगसंगको समन्वयमा कार्य सञ्चालन गरिनेछ ।
  • भू– उपयोग योजना प्रभावकारी रुपमा लागु गरिनेछ ।

संस्थागत विकास तथा सुशासन

  • नगरबासीकोचाहना,सुशासनयुक्त नगर स्थापनाका लागि उपमहानगरपालिकामा सूशासन, पारदर्शिता, जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सामाजिक लेखापरीक्षण, लैङ्गिक लेखाजोखा तथा तेश्रो पक्षको मूल्याङ्कन लगायतका विधिको अवलम्बन गरी सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखि स्थानीय सरकारका क्रियाकलापहरू पारदर्शी बनाउन सुशासन रणनीति कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइनेछ ।
  • सबै टोल विकास संस्थालाई सक्रिय र गतिशील बनाई टोल विकास समितिलाई बार्षिक प्रगति प्रतिवेदन अनिवार्य रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ ।
  • नेपाल प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासंग समन्वय गरी र स्थानीय सुरक्षा समिति गठन गरि सुरक्षित नगर बनाइने छ ।
  • उपमहानगरपालिकाका सबै कर्मचारीको कार्यविवरण बनाई लागु गरिनेछ । सबै कर्मचारीसँग कार्यसम्पादन करार गरिनेछ र यसलाई कार्यसम्पादन मूल्यांकनको आधार बनाइनेछ ।
  • गुणस्तरीय सेवा, सुशासनमा टेवा अन्तरगत सार्वजनिक सेवालाई शीघ्र,पारदर्शी, सेवाग्राही मैत्री तथा नतिजामूलक बनाई सार्वजनिक सेवामा सबैको समान र सहजपहुँच सुनिश्चित गरिनेछ ।
  • जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमतामा अभिवृद्धि गरी सार्वजनिक सेवाको गुणस्तरमा सुधार गरिने नीतिलाई निरन्तरता दिईनेछ ।
  • कार्यालयको अभिलेख व्यवस्थापनमा सुधार र सूचना प्रविधिको प्रयोगमा विस्तार गरी संस्थागत क्षमताको अभिवृद्धि गरिने छ  ।
  • नगर प्रहरी  परिचालन गरी बजार व्यवस्थापन,नगर सुरक्षा र राजश्व संकलनमा अभिवृद्धि गरिने छ ।
  • अन्तरपालिका तथा अन्तर सरकार समन्वय तथा सहकार्य प्रवर्द्धन गर्न विभिन्न स्थानीय तह तथा प्रदेश सरकार अन्तर्गतका स्थलगत अध्ययन अन्तरक्रिया गरी पूर्वाधार विकास,संस्थागत क्षमता, सीप र अनुभव आदानप्रदान गर्दै कार्यसम्पादन स्तरमा सुदृढीकरण गर्न प्रोत्साहन गरिनेछ ।
  • स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि र क्षमताको अत्याधिक उपयोगको लागि उचित सम्मान, पुरस्कार र प्रशंसाको नीति अवलम्बन गरिने छ ।
  • तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रवाह हुने सेवामा अवलम्बन गरिने प्रक्रिया सरलीकरण गरिने छ । सेवा प्रवाहका लागि आवश्यक पर्ने निवेदन लगायतका कागजात तथा  प्रक्रियागत सहजिकरण गरिने छ ।

यान्त्रिक व्यवस्थापन

  • विकास निर्माणमा प्रयोगहुने यान्त्रीक साधनहरूको चुस्त व्यवस्थापन गरी आवश्यक विकास निर्माणका काममा यन्त्रको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • सबै यान्त्रिक साधनको पारदर्शी प्रयोग र व्यवस्थापनमा जोड दिंदै साधनहरूमा  जिपिएस प्रणाली जडान गरिनेछ ।
  • बाढी, पहिरो, आगलागी लगायत विपद्बाट जोखिममा परेका नगरबासीलाई तत्काल उद्धारका लागि र प्रारम्भिक प्रतिक्रिया इकाईको रुपमा प्रयोगका लागि यान्त्रिक साधनलाई तयारी अवस्थामा राखिनेछ ।

नाप नक्सा

  • सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ।
  • बृहत वडागत प्रोफाइलिङ र नक्साङ्कनका लागि नापी विभाग र अन्य सरकारी गैरसरकारीसंग समन्वय गरि नक्सा निर्माण र विकास संस्थाहरूसँग समन्वय गरिनेछ ।
  • जग्गा व्यवस्थापनका लागि निर्माण गरिएको जग्गा नापजाँच ऐन २०७७ कार्यान्वयनमा ल्याइनेछ ।

आर्थिक प्रशासन

  • आर्थिक अनुशासनलाई सुदृढ बनाई सुशासनको आयामलाई प्रभावकारी बनाउन वडा कार्यालयहरूबाट गरिनुपर्ने मासिक प्रतिवेदनको कार्यलाई भुक्तानी आदेशबाट गरिने निकासा प्रक्रियासंग आवद्ध गरी अनिवार्य गरिनेछ साथै योजना हस्तान्तरणको विवरण प्राप्त नभै योजनाको भुक्तानी नगरिने नीति अवलम्बन गरिने छ ।
  • ढुङ्गा, बालुवा, गिट्टी र प्राकृतिक स्रोत कानुन बमोजिम संकलन गर्ने यान्त्रिक साधनमा अनिवार्यरुपमा अनलाइन ट्रयाकिङ्ग प्रविधि जडान गरी अनुगमन गरिनेछ ।
  • कार्यालयको अभिलेख व्यवस्थापनमा सुधार र सूचना प्रविधिको प्रयोगमा विस्तार गरी संस्थागत क्षमताको अभिवृद्धि गरिने छ ।
  • भूक्तानी प्रणालीलाई प्रविधिमैत्रि बनाई EFT प्रणालीसंग आवद्घ गराइने छ ।

कानूनी मामिला तथा न्यायिक समिति

  • “विवाद समाधानमा, प्राथमिकता मेलमिलापमा”स्थानीय तहको विवाद स्थानीय तहमा नै छलफल, वार्ता आदि तवरले, आपसी समझदारी, मेलमिलापको विधिबाट न्यायका मान्य सिद्दान्तको अधिनमा समाधान गरी उपमहानगरपालिकाको न्याय प्रणालीलाई स्वतन्त्र, पहुँचयोग्य, विश्वसनीय, सक्षम एवम् निष्पक्ष बनाईनेछ ।
  • न्यायिक समितिको अभिलेख र प्रतिवेदन व्यवस्थित गरिनेछ । सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र गठन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरू वडास्तरमै निरुपण गर्ने कानूनी प्रावधानलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • न्यायीक समिति, कर्मचारी  मेलमिलापकर्ता र म्याद तामेलदारको क्षमता अभिवृद्धि र पूनर्ताजकी तालिम सञ्चालन गरिनेछ ।
  • कानुनका स्वयम्सेवी विद्यार्थीहरूलाई परिचालन गरी न्याय सम्पादन प्रक्रियालाई सरल र तिव्र बनाइनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाबाट हुने न्यायिक कामकारवाहिलाई प्रविधिसँग जोडि विद्यमान मिसिलहरूलाई डिजिटलाइज गरिने छ साथै निर्णय कार्यान्वयनलाई व्यवस्थित गरिने छ ।
  • म्याद तामेलदारलाई घटाघटी प्रस्तावको आधारमा दर्ता गरी प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाका ऐन, नियम, नियमवाली, कार्यविधि आदि समेटी एकिकृत किताब प्रकाशन गरिनेछ र नियमित रुपमा राजपत्र प्रकाशन गरिनेछ ।
  • न्याय सम्पादनको अभिलेख र प्रतिवेदन व्यवस्थित गरिनेछ ।न्यायीक समितिले सम्पादन गरेका कार्यहरूको दस्तावेजीकरण गरी बार्षिकरुपमा सार्वजनिक गरिनेछ ।
  • सहयोगापेक्षि हिंसापीडितका लागि राहत कोषको स्थापना गरी तालिम तथा राहत प्रदान गरिनेछ ।

राजस्व परिचालन निति

  • तिरौ कर, बनाऔ विकसित नगरका लागि प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण ,करका दायरा बिस्तार,कानुन बमोजिम तोकिएका कर राजस्व रोयल्टी,बिक्री तथा निकासी र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ । करदाता विवरण डिजिटल प्रणालीमा आवद्ध गर्दै प्रत्येक करदाताको कर तिर्ने दायित्वलाई एकिकृत गरी सबैलाई करको दायरामा समेटिनेछ ।
  • राजश्व संकलनका लागि वडास्तरवाटै SUTRA प्रणालीको प्रयोगलाई अबलम्बन गरिनेछ।
  • तुलसीपुर उपमहानगरपालिकाको आन्तरिक आय वृद्धि गर्न राजस्व सुधार कार्ययोजनालाई प्रभावकारीरुपमा लागू गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, बहाल कर, ब्यवसाय कर र विज्ञापन कर तथा अन्य करलाई एकीकृत रुपमा आबद्ध गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • उपमहानगरपालिका स्तरमा व्यवसायिक गणना कार्य सम्पन्न गरी व्यवसायिक र घर बहाल करलाई व्यवस्थित गर्ने कार्यको सुरुवात गरिने छ ।
  • उपमहानगरपालिकास्तरमा ऐलानी जग्गामा अव्यवस्थित रुपमा घरटहरा निर्माण गरी बसोबासको रुपमा उपयोगमा ल्याइएका घर टहराहरूको लगत संकलन/व्यवस्थित गरी बहाल विटौरी करको दायरा फराकिलो पार्ने कार्य अगाडि बढाइनेछ ।
  • उपमहानगरपालिकास्तरमा निर्माण भएका सबै प्रकारको सडकमा परेका तर लगत कट्टी नभएको जग्गाको लगतकट्टी गर्ने कार्यका लागि सम्बन्धित सबै निकाय र पक्षहरूसंग समन्वय कायम गरी सम्पत्ती कर र स्थानीय राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्व अभिवृद्धिको कार्यलाई तदारुकताका साथ अघि बढाइनेछ ।
  • स्थायी प्रकृतिका हाटबजार,चोक–चोकमा ठेलामा गरिने फुटपाथ व्यवसाय,मुख्यबजार क्षेत्र भित्रका सडक किनारमा गरिने पार्किङ व्यवस्थापनमा निजि क्षेत्र,स्थानीय क्लब,संघ संस्थाको सहकार्यमा वडा तहबाटै शुल्क संकलन र व्यवस्थापन गरिनेछ ।
  • कानून बमोजिम गठित कम्पनी,उद्योग प्रतिष्ठान वा औद्योगिक संस्थाहरूसँग कानून बमोजिमको कर र बक्यौता असुलीलाई प्रभावकारी बनाइने छ ।
  • आफ्नो वा संगोल परिवारले र उपभोक्ता समितिका पदाधिकारीले तुलसीपुर (एकाघरका सदस्य)उपमहानगरपालिकालाई भुक्तान गर्नु पर्ने कर शुल्क,दस्तुर समयमा भुक्तान नगरी बक्यौता कायम राख्ने करदातालाई तुलसीपुर उपमहानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सिफारिस सेवा सुविधा रोक्का गरिने व्यवस्था तथा कर शुल्क तिर्न प्रोत्साहित गरिनेछ । उपभोक्ता समिति वा ठेक्कापट्टामा संलग्न हुन कर चुक्ता अनिवार्य गरिनेछ ।
  • तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा भोगाधिकार रहेको र उपमहानगरपालिकाले संरक्षण र परिचालन गर्न सक्ने भवन जग्गा जमिन,बसपार्क,हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरि राजस्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ ।
  • नदीजन्य पदार्थको उत्खनन कार्यलाई नियमन र व्यवस्थापन गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिइनेछ । नदीजन्य पदार्थको दोहनलाई रोकी सम्पदाको संरक्षणका साथै उप महानगरपालिकाको आम्दानीलाई वृद्धि गरिनेछ ।
  • दलित,अपाङ्ग,महिला,द्धन्द्ध पिडित, कृषि तथा पशुपालक व्यवसायीहरू चालु आ.व.को मंसिर मसान्त पश्चात नयाँ व्यवसाय दर्ता गर्न आएमा तोकिएको लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिई दर्ता गर्ने व्यवस्था कायम गरिने छ ।
  • तुलसीपुर उपमहानगरपालिकाको आर्थिक हित अभिवृद्धिको लागि लगानी प्रवर्द्धन गरी १०० जना भन्दा बढी रोजगारी सृजना गर्ने उद्योगहरूमा कर छुटको नीति अवलम्बन गरिने छ ।

आन्तरिक व्यवस्थापन तथा खरिद

  • संघीय सरकार, प्रदेश सरकार र अन्य संघ संस्था वा व्यक्तिबाट प्राप्त भै उपमहानगरपालिकाको स्वामित्वमा रहेका भवन, जग्गा, उद्यान, बसपार्क आदि संरचना एवम् सम्पत्तिको यथार्थ अभिलेख तयार गरि पूर्वाधार सम्पत्ति व्यवस्थापनको कार्यलाई निरन्तरता दिइने छ ।
  • आर्थिक वर्षको सुरु दुई महिना भित्र उपमहानगरपालिकाका लागि बर्षभरिका लागि आवश्यक फर्निचर, फिक्चर्स, मेशीनरी औजार र अन्य कार्यालय सामाग्रीहरूको आवश्यकता पहिचान गरि बार्षिक खरिद योजना तयार गरि सोही अनुसार खरिद प्रक्रियाको कार्यलाई अगाडि बढाइने र खरिद कार्य दरभाउ पत्र र बोलपत्र मार्फत् प्रचिलत कानून बमोजिम खरिद गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
  • नगरभित्र रहेका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायत नगरपालिकाको स्वामित्वमा रहेका सम्पूर्ण संघसंस्थाको भौतिक सम्पत्तिको अवस्थालाई  जिन्सी निरीक्षण गरी अभिलेख व्यवस्थापन गरिनेछ ।
  • दैनिक सरसफाइ कार्यमा सरल तथा सहज तुल्याउन थप सवारी साधन खरिद गर्ने व्यवस्था मिलाइने छ ।
  • वडा कार्यलयबाट नै जिन्सी व्यवस्थापनका लागि PAMS प्रणाली प्रयोगमा ल्याईनेछ।

नव प्रवर्तनात्मक कार्य

  • नगरको सम्वृद्धिका लागि कुल पूँजिगत बजेटको १ प्रतिशत रकम नवप्रवर्तनात्मक कार्य र संस्थागत संरचना निर्माणकालागि लगानी गरिने छ ।
  • नगर भित्रका प्रतिभाहरूको खोजि गरी उनीहरूको प्रतिभालाइ नवप्रवर्तनात्मक काममा उपयोग गरिने छ ।
  • नगरको सम्वृद्धिका लागि लगानीमैत्री वातावरण तयार गर्न लगानी सम्मेलनको आयोजना गरिने छ ।

नगर सभासदस्यज्यूहरू,

आगामी वर्षको हाम्रो मुख्य कार्यभार भनेको ‘समृद्ध तुलसीपरः सबैका लागि, सँधैका लागि’ भन्ने महाअभियानलाई सार्थक तुल्याउने नै हो । यसका साथै सडक, खानेपानी, सिचाई, विद्युत र सञ्चार लगायतका पुर्वाधार तथा भुमिहिनहरूका हातमा लालपुर्जा लगायतका कामलाइ प्राथमिकतामा राखिने छ । सेवा प्रवाहमा सुशासन सुदृढीकरण गरी जवाफदेही र जनउत्तरदायी स्थानीय सरकार निर्माण गर्ने जुन प्रयास हामीले गरेका छौं त्यसलाई आगामी दिनमा थप व्यवस्थित र सुदृढ गर्ने दायित्व पनि हामीमाझ नै छ । समग्र तुलसीपुरको विकासको आकांक्षा पूरा गर्न विगतका बर्षहरू जस्तै आगामी बर्षमा पनि हामीले हाम्रो निष्ठा, समर्पण र त्यागलाई निरन्तरता दिनेछौं ।

यस नगरसभाको अवसरमा म तुलसीपुरको विकासमा साझेदारी र सहयोग गर्ने संघ तथा प्रदेश सरकार, जनप्रतिनिधि, विकास साझेदार संघसंस्थाहरू, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र, पत्रकार तथा आमसञ्चार क्षेत्र, सम्पूर्ण कर्मचारी तथा नगरवासी दाजुभाई, दिदीवहिनीहरूमा धन्यवाद व्यक्त गर्दछु । वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाव दिई महत्वपूर्ण सहयोग पुर्याउने सबै जनप्रतिनिधि, कर्मचारी, विज्ञ, राजनीतिक दल, संघसंस्था लगायत सबैमा ह्रदयदेखि धन्यवाद व्यक्त गर्दछु । साथै यस नीति तथा कार्यक्रममो प्रभावकारी कार्यान्वयनमा विगतमा झै सबैको सहयोगको अपेक्षा पनि गर्दछु ।

धन्यवाद ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *