२०८३ बैशाख १२ गते शनिवार

नेपालले गुमायो सातौं विकेट

काठमाडौँ, असार ९ । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो समूहको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाली इनिङ धरासायी बनेको छ। नेपालले पाँचौं विकेटका रुपमा कुशल मल्ललाई १२ रनमा गुमाउन पुग्यो। नेपालले २५.२ ओभरमा ९१ रन जोड्दा ५ विकेट गुमाउन पुगेको हो।

त्यसअघि नेपालले चौंथो विकेटका रुपमा भिम सार्कीलाई २२ रनमा गुमाएसँगै चार विकेट पतन भएको थियो। त्यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेखलाई ६ रनमा गुमाएको थियो। शेख विक्रमजित सिंहकै बलमा आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी रहेका छन्।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ। यसअघि ओपनर कुशल भुर्तेललाई ४२ बलमा २७ रनको अवस्थामा आउट भएका थिए। उनलाई पनि विक्रमजित सिंहले विकेटकिपर एडवार्डबाट क्याचआउट गराएका थिए।

त्यसअघि आसिफ शेखलाई शून्य रनको अवस्थामा नेपालले गुमाएको थियो। नेदरल्यान्ड्सका लागि लोगन भान बिकले १ विकेट लिएका थिए। कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा आएको हो।

नेपालले आजको खेलमा यसअघिको टोलीमा कुनै पनि परिवर्तन गरेको छैन। बलर सोमपाल कामी घाइते भएपछि उनको स्थानमा नेपालले ललितनारायण राजवंशीलाई मौका दिएको थियो। त्यसपछि नेपालले टोलीमा परिवर्तन गरेको छैन।

नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्नका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ। नेपाल पराजित भएको खण्डमा शीर्ष तीनमा पुग्ने टिमको तय हुनेछ।

नेदरल्यान्ड्स नेपाललाई हराउँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *