२०८३ असोज ५ गते सोमवार

अपाङ्गता भएका ब्यक्तिलाई नेतृत्व बिकास तालिम


सुशील बस्नेत,तुलसीपुर,असार ६ । अपाङता भएका ब्यक्तिहरुका लागि नेतृत्व तथा क्षमता बिकास सम्बन्धि ५ दिने तालिम बुधबार शान्ति नगरमा सम्पन्न भएको छ ।

तालिममा संघ संस्था सन्चालन तथा ब्यबस्थापन,प्रतिबेदन लेखन र प्रस्ताबना लेखन, नेतृत्व बिकास, अपाङता भएका ब्यक्तिहरुको अबस्था र समस्या, स्थानीय तहको भुमिका बिषय समेटिएका थिए ।

अपाङ सशक्तीकरण केन्द्र नेपालका अध्यक्ष रजनी शाहको अध्यक्षता एवम नेपाल सरकारका पुर्बमन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

तालिममा अधिकारकर्मी सुशील बस्नेत र निर्मल नेपाली, राष्ट्रिय अपाङ महासंघ गणेश के.सी. र देवा डागि तथा सुमन गौतमले प्रशिक्षण दिए ।

अपाङ्ग सशक्तीकरण केन्द्रिय नेपालको आयोजना, शान्तिनगर गाउँपालिकाको समन्वय तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा महिला तथा पुरुष गरि १५ जनाको सहभागीता रहेको थियो ।

तालीम समापन कार्यक्रममा पुर्वमन्त्री हमाल,प्रशिक्षक गणेश केसी, सहभागी अपाङता भएका ब्यक्ति गुरु प्रसाद चौधरी र मुना केसी लगायतले बोलेका थिए ।

समापन कार्यक्रमको सहजिकरण सचिव खुम बहादुर वलीले गरेका थिए ।

उक्त संस्थाले बिहिवार शान्तिनगरको बैशा स्थित हलमा अपाङताका सवालमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *