२०८३ बैशाख १२ गते शनिवार

विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौँ,असार ३ । विश्वकप छनोट अन्तर्गत जिम्बावे विरुद्धको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

सुरुवातमा नेपालले राम्रो ओपनिङ गरेको छ। जिम्बावेका कप्तान क्राइग अर्भिनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपाल पहिले ब्याटिङमा आएको हो।

ओपनरहरू कुशल भुर्तेल ४८ बलमा ३४ रन बनाएर अविजित रहँदा उनलाई अर्का ओपनर आसिफ शेखले १५ बलमा ३० रन बनाएर साथ दिइरहेका छन्।

नेपालले १३ ओभरको समाप्तिमा ५२ रन बनाएर खेलिरहेको छ। कुशल २ रन बनाउँदा क्याच आउट हुनबाट मुस्किलले जोगिएका थिए।

टेस्ट राष्ट्रविरुद्धको पहिलो खेलमा नेपाल जिम्बाब्वेलाई पराजित गर्दै आफ्नो उत्कृष्ट सुरुवात चाहन्छ। ओडिआई विश्व वरीयतामा नेपाल १५ औँ र जिम्बावे ११ औँ स्थानमा छन्।

यस लिस्ट ‘ए’ राष्ट्रका रूपमा २०१८ को विश्वकप छनोटमामा नेपालले जिम्बाब्वेसँग खेलेको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *