२०८३ असोज ७ गते बुधवार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ,असार २ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि पौडेललाई शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो।

पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो।

उनलाई ‘भिआइपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। मुटुको चाल मनिटरिङ गर्न आवश्यक रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एकदिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *