२०८३ असोज ७ गते बुधवार

नागरिकको घर घरमा पानी पु¥याउन श्रमदान गर्दै आएका राप्ती गाउँपालिका अध्यक्ष बिष्ट

तुलसीपुर ,जेठ २८ । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट वडा नम्बर ९ का वडाबासीको घरमा पानी पु¥याउनका लागि श्रमदान गरिरहेका छन् ।

सुख्खा मौसममा नजिकका पानीका स्रोत सबै सुक्ने गर्छन । त्यसैले स्थानीयहरु करिब डेढ दुइ घण्टा हिडेर जरुवाको पानी ल्याउन बाध्य छन् । पानीको त्यही चरम अभाव टार्न गाउँपालिकाले स्थानीयको घर–घरमै खानेपानीको धारा पु¥याउने उदेश्यका साथ काम गरिरहेको छ ।


मुस्लिम टोलमा खाने पानी पु¥याउन पालिकाले आर्थिक वर्ष २०७९ / ८० मा पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए । उक्त बजेटबाट एउटा मोटर खरिद गरि बेवरे खोलामा जडान गरिएको छ । गाउँमाथि डाँडामा पाँच–पाँच हजार लिटरका दुइवटा प्लास्टिकका ट्यांकी किनेर राखि सकिएको बिष्टले बताए ।

बबरे खोलाको मुहानबाट पानी तानेर ट्यांकीसम्म ल्याइएको छ । अब सोही पानी घर–घरमा पु¥याउन पाइप बिछ्याउने तथा धारा जडान गर्ने काम भइरहेको अध्यक्ष बिष्टले बताए । मुस्लिम टोलमा पानी पु¥याउन गाउँपालिका अध्यक्ष विष्ट आँफुपनि श्रमदान गर्दै आएका छन् ।

देवीकोटको मुस्लिम समुदायका ४३ घर परिवारलाई पानीको धारा पु¥याउने शनिबार अध्यक्ष बिष्टसहित स्थानीयले आँफैले काम गरि पानी डो¥याउने पाइप बिच्छाएका छन् । गाउँपालिका अध्यक्ष विष्टले स्थानीयको आग्रहमा पानीको समस्या टार्न ट्याक्टर मार्फत पानी पठाउँदै आएका थिए ।

सधैं त्यसो गर्दा खर्च धेरै लाग्ने र संभवपनि नहुने हुँदा बिष्ट आँफै स्थायी समाधानको उपाएको खोजीमा लागेको बताउँछन् । हरेक शनिबार जनश्रमदान गर्ने पालिकाको नीति अनुसार जेठ २७ गते परेको शनिबारमा मुस्लिम टोलमा पाइप बिछ्याउने, पुर्ने लगायतका काम गरिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए ।

यसअघि देवीकोट क्षेत्रकै बाहुनपाटामा लिफ्टिङ गरेर सिंचाइको प्रबन्ध गरिएको बिष्टले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *