काठमाडौँ,जेठ २८ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्।
शनिबार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै, सोही निर्वाचनमार्फत् उपाध्यक्षमा तीर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन्।
सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रबार उद्घाटन भएको थियो।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार