२०८३ असोज ६ गते मङ्गलवार

जिप दुर्घटनामा श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु

दाङ,जेठ २५ । कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन् ।

ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।

घटनामा रिताकुमारी शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै घटना बारे थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *