तुलसीपुर, जेठ १२ । बंगलाचुली गाउँ पालिका –२ को आधारभुत बिधालय मर्पेसले शुक्रबार एक कार्यक्रमका बीच पुरस्कार बितरण गरेको छ ।
उत्कृष्ट नतिजा ल्याउने र अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई प्रात्साहानका लागि प्रमाणपत्रसहित बिभिन्न पुरस्कारहरु बितरण गरिएका थिए ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बलदेव मल्लको अध्यक्षतामा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।
त्यसक्रममा बिधालयका स्वर्गिय शिक्षक भागकुमार पुनको स्मृतिमा परिवारले स्थापना गरेको अक्षकोष बाट कक्षा १ देखि ८ सम्मका प्रथम हुने बिद्यार्थीलाई पुरस्कार बितरण गरिने भएको छ ।
अक्षकोष दाता पुनका बुवा तेजबहादुर पुन बिधालयको तर्फबाट खादा र कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बंगलाचुली गाउँ पालिका वडा नम्बर – २का अध्यक्ष मैते पुन थिए ।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष खेतुलाल बिक, प्रधानाध्यापक तेजबहादुर मल्ल,शिक्षक अभिभावक संघका अध्यक्ष रेशम थापा, पुर्ब अध्यक्ष नरबहादुर सुनार, शिक्षिका पदमा कुवर, अक्षकोष दाताको तर्फबाट स्वर्गिय पुनका कान्छा बुवा कमिक पुन लगायतले मनतब्य ब्यक्त गरेका थिए ।
शिक्षक भिमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक गुरुप्रसाद बिष्टले गरेका थिए ।