२०८३ जेष्ठ १५ गते शुक्रवार

सोमवार नेप्सेमा ८ अंकको वृद्धि

काठमाडौँ,जेठ ८ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

आइतबार ५ अंकले वृद्धि भएको नेप्से सोमबार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ। सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ। आइतबार १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ। त्यस्तै २ उपसमूहको परिसूचक भने घटेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक २.४४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशतले बढेको छ। तर, यता व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहकोे परिसूचक ०.०२ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, युनिलिभर नेपालको शेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। तर यता ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ। सोमबार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *