प्युठान,जेठ ८ । वनमा लागेको डढेलको बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन् ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्धपी स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ ।
आगलागीबाट कति क्षति भयो ? भन्नेबारे थप अनुसन्धान भईरहेको छ।
प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
