२०८३ बैशाख १६ गते बुधवार

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौँ,जेठ ६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।

उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटासहित छ जना छन्।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *