२०८३ असोज २८ गते बुधवार

सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ,जेठ २ । सत्तारूढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ ।

जेठ ५ गते पेस गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरूलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएका छन् ।

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारूढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *