२०८३ असोज २८ गते बुधवार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ,जेठ १ । प्रतिनिधि सभाको बैठक सोबार बस्ने भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची राखिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यो विधेयक राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ।

साथै, आजको बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका संसद सचिवालय‍ले जनाएको छ‍।

नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *