२०८३ बैशाख १६ गते बुधवार

बालुवाटारमा प्रधानमन्त्री दाहाल,ओली र देउवाबीच भेटवार्ता

काठमाडौँ,बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार भेटवार्ता जारी नै रहेको छ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानन्यायाधीश सिफारिस भएको अवस्थामा संवैधानिक परिषद सम्बन्धी विधेयक अघि बढाउने, सरकारको पूर्वबजेट छ्लफल र नीति कार्यक्रमबारे कुराकानी भएको आचार्यले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगेका बेला भेटवार्ता भइरहेको हो।

आज भइरहेको भेटवार्तालाई चासोको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *