कास्की,बैशाख २४ । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक सांसद् नन्दप्रसाद न्यौपाने चयन भएका छन्।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतक चयन गरेका हुन्।
आइतबार उनलाई प्रमुख सचेतकको जिम्मा दिइएको हो। न्यौपाने गोरखा १(ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
प्रदेश सभामा सहभागी अन्य दलले भने प्रमुख सचेतक चयन गरिसकेका छन्।
नेकपा एमालेका रोशनबहादुर गाहा थापा, माओवादी केन्द्रकी सुशीला सिम्खडा र राप्रपाको विन्दु अधिकारी पहाडी दलको प्रमुख सचेतक हुन्। दलको उपनेता र सचेतक भने कुनैपनि दलले टुंग्याएका छैनन्।
प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार