२०८३ असोज ५ गते सोमवार

प्रहरी निरीक्षकले कुटे हवल्दार

दाङ, बैशाख १७ । डोल्पामा एक जना प्रहरी निरीक्षक तथा प्रहरी प्रबक्ता नविन चापागाँइले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट एउटा आँखा र नाक मुखमा गहिरो चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक चापागाँइले जिल्ला कारागार डोल्पामा कार्यरत आरसीमाथि शनिबार बिहान करिब ११ बजेतिरको जिल्ला प्रहरी परिशरमा कुटपिट गरेका हुन ।

घाइते हवल्दारले आँफुले जिल्ला अस्पताल डोल्पामा सामान्ने उपचार गराएको र थप उपचारका लागि आइतबार बाँकेको नेपालगंज तर्फ जाने तयारी गरेको जानकारी दिए ।

सल्यान घर भएका प्रहरी हवल्दार आरसीले बिदाको दिन आँफुले मदिरा सेवन गर्दै गर्दा बोलाउन लगाएर जिल्ला प्रहरीको प्राङगण्नमै माफी माग्दा माग्दैपनि प्रहरी निरीक्षक चापागाँइले निर्घाट कुटपिट गरेको बताए ।

आँफुले बिदाको दिनमा मदिरा सेवन गरेपनि कुनै होहल्ला नगरेको समाजिक शान्तिमा अप्ठेरो पर्ने कुनै काम नगरेको, प्रहरी आचरण बिरुद्धको कुनैपनि काम नगरेको दाबी घाइते प्रहरी हवल्दार आरसीको छ ।

सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नं. ३ का हवाल्दार आरसीले अनाहकमा आँफुमाथि निर्घात कुटपिट गर्ने प्रहरी निरीक्षक चापागाइमाथि कारबाहीको माग गरे ।

‘ बिदाको दिनमा मदिरा सेवन गर्नु मात्रै मेरो गल्ती थियो,’ उनले भने ‘ त्यो बाहेक अरु मैले कुनैपनि गल्ती गरेको थिएन । उहाँले बोलाएपछि मैले पटक पटक माफी मागेको थिए । नपत्याए जिप्रकाको सिसी टिभीको फूटेज हेरे पुग्छ।’

घटना बारे बुझ्न प्रयास गरिएपनि प्रहरी निरीक्षक चापागाँइले प्रयोग गर्ने मोवाइल फोन भने स्वीच अफ थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बुढाथोकीले आँफु कार्यालय भन्दा बाहिर रहेको समयमा घटना भएको र घटना बारे अनुसन्धान जारी रहेको बताए ।
हवल्दार आरसीको आँखामा कति गहिरो चोट पटक लागेको उनले बताए । बिज्ञ डाक्टरले उनको आँखा हेरेपछि सोही आधारमा प्रहरी निरीक्षक माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले आश्वासन दिए ।

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *