२०८३ बैशाख १२ गते शनिवार

नेपालले गुमायो १०२ रनमा सातौँ विकेट

काठमाडौँ ,बैशाख १४ । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल कतारविरुद्ध १ सय रन पूरा गर्दा ७ विकेट गुमाएको छ।

८४ रन जोड्दा छैटौँ विकेटका रूपमा सोमपाल कामीलाई ११ रनमा गुमाएको नेपालले सातौँ विकेटका रूपमा आरिफ शेखलाई ११ रनमा गुमाएको हो।

त्यसअघि नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई ३ रनमानै गुमाउन पुग्यो। अहिले क्रिजमा आरिफ शेख ८ तथा दीपेन्द्र सिंह ऐरी १ रनमा अविजित रहेका छन्।

त्यस्तै कप्तान रोहित पौडेललाई २७ रनमा गुमाएको नेपालले सुरुवातमा ९ रन जोड्दा २ विकेट गुमाएको थियो।

५७ रन जोड्दा तेस्रो विकेटका रूपमा आसिफ शेखललाई १९ रनमा गुमाएको नेपालले ६२ रनमा चौँथो विकेटका रूपमा कप्तान पौडेललाई गुमाएको थियो।

त्यसअघि ओपनर भुर्तेल २ रन तथा भिम सार्की ६ रनमा आउट भएका थिए। कतारका लागि ग्यान मुनवेरा र ओवासी अह्मेद र अमिर फरुकले २(२ विकेट लिँदा इक्रमुल्लाह खानले १ विकेट लिएका छन्।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *