२०८३ बैशाख १६ गते बुधवार

मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती भयो– गृहमन्त्री श्रेष्ठ

काठमाडौँ,बैशाख १३ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन्।

संसद बैठकमा बुधबार सम्बोधनका क्रममा गृहमन्त्री श्रेष्ठले काठमाडौंको शान्तिवाटिकामा मिटरब्या पिडितमाथि प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका हुन्।

श्रेष्ठले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन्।

४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।

आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए।

श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *