२०८३ बैशाख १६ गते बुधवार

आचारसंहिता नमान्नेलाई निगरानीमा राख्न निर्देशन

काठमाडौँ,बैशाख ८ । निर्वाचन आयोगले बैशाख १० गते अर्थात आइतवार हुने उप–चुनावको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई पाँच बुँदे निर्देशन दिएको छ ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई पक्राउ गरी मतदान नसकिएसम्म नछाड्ने उल्लेख छ ।

आयोगले उप–चुनावको मौन अवधिमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गरिरहेको पनि जनाएको छ ।

आयोगले वैशाख १० गते आइतवार भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गर्ने गरी गए रातिदेखि मौन अवधि लागू गरेको छ ।

विज्ञप्तिमा निर्वाचन आचारसंहिताअनुसार जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि उल्लेख छ ।

उप–चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले सम्बन्धित निकायलाई पाँच बुँदे निर्देशन पनि जारी गरेको जनाएको छ ।

आउँदो आइतवार चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ–१ र बारा २ मा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *