२०८३ जेष्ठ १६ गते शनिवार

आधुनिक खेती प्रणालीमा लाग्न आग्रह


प्रमोद आचार्य,दंगीशरण बैसाख ५ । पौराणिक खेती प्रणालीलाइ परिमार्जित गर्दै कम मुल्यमा कम श्रमका साथ समय र मुल्यको बचत गर्दै आधुनिक खेती प्रणालीमा लाग्न दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीले आग्रह गरेका छ्न ।

मंगलबार एक कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकामा धेरै जसो किसानहरु तरकारी खेती प्रती प्रेरीत रहेकोमा खुसि ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष गिरीले आफुले पनि पालिकामा कृषि लाइ प्राथमिकतामा राखेको बताएका हुन ।

दंगीशरण गाउँपालिका कृषि शाखाले आयोजना गरेको मल्चिङ पाइप तथा थोपा सिचाइ सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले यस्तो बताए ।

आर्थिक बर्ष २०७९/८० को स्विकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतीसत अनुदानमा १२ जना तरकारी खेती गर्ने किसानहरुलाइ मल्चिङ पाइप थोपा सिचाइ सामाग्री ड्राम तथा अन्य सामाग्री बितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रम कृषि साखा प्रमुख सरु भुषालको सभापतीत्व गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको सहजीकरण कृषि प्राबिधिक सहायक मान बहादुर डाङ्गिले गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *