दंगीशरण, बैसाख ३ । दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक मितव्ययिताको जग बसाल्न भूमिकामा खेल्ने बताएका छन् । उनले आइतबार गाउँपालिकाको नीति तथा कार्यक्रमले समेटेका कार्यक्रमहरूको कार्यान्वयनका क्रममा प्रचलित आर्थिक ऐन तथा नियमले गरेका व्यवस्थाहरूको उच्चतम पालना गर्दै अगाडि बढ्ने उनले बताए ।
‘पालिकाको शुसासन, नितिगत व्यवस्था र मितव्ययिताको जग बसाल्नु हाम्रो उदेश्य रहेको छ,’ उनले अगाडि भने ‘ त्यसमा लागि हामीले बिधि र नितिमा टेकेर काम गरिरहेका छौं ।’ पालिकाभित्र हुने गरेका हरेक बेथिति अन्त्य गर्न प्रयास गरिरहेको भन्दै उनले तर, विगतदेखि नै पालिकाको विभिन्न जिम्मेवारीमा रहेर अनियमितता गर्न पल्केकाहरु आफ्नो आर्थिक मितव्ययिता अपनाउने नीतिबाट अत्तालिएको टिप्पनी गरे ।
अध्यक्ष गिरीले पदभार ग्रहण गरे पछि कर्मचारीले लिदै गरेको मासिक २० देखि ४० लिटरसम्मको इन्धन सुविधा घटाएको बताए । उनले फिल्ड जाने कर्मचारी र शाखा प्रमुखहरुलाई मासिक १० लिटर र अन्य कर्मचारीलाई ७ लिटर सम्म इन्धन दिने गरिएको जानकारी दिए ।
आँफु आउनु भन्दा पहिले कार्यालयको काम काजमामा नगइकन व्यक्तिगत कामकाजको लागि दैनिक तथा भ्रमण भत्ता लिने गलत अभ्यासको अन्त्य गरेको गिरीले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाबाट हुने खरिदमा कोटेशन प्रणली लागु गरिएको भन्दै उनले ३० देखि ६० प्रतिशतसम्म कमिशन लिने गरेको प्रबृतिको अन्त्य गरेको बताए । गाउँपालिकाबाट हुने खरिदलाई इबिडिङ प्रक्रियाबाट अगाडि बढाउन निर्देशन दिएको अध्यक्ष गिरीले जानकारी दिए ।
अघिल्लो कार्यकालका अनियमितता र बेथितिहरूलाई निस्तेज पार्न आफु लाग्न खोज्दा आँफुलाई असफल पार्न भित्र तथा बाहिरबाट अनेक किसिमका प्रहार गर्न खोजिएको उनले आरोप लगाए । आफुहरू एउटा गाडी मै समन्वयात्म गर्दै आइ रहेको तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तीनै जनाकै समन्वयबाट अगाडि बढेको देखेर बिपक्षीहरु आत्तिकएको उनले फरककोणसंग बताए ।
‘हामी बीचमा फुट ल्याउन अनेक षडेन्त्रहरु भए,’ अध्यक्ष गिरीले भने ‘ हामी इमान्दार भएको हुँदा त्यस्ता षडेन्त्रकारीहरु बिफल भए ।’ आफु विधि र प्रक्रिया भन्दा एक इन्चपनि बाहिर नजाने र बेथितिको अन्त्यका लागि आफ्नो कार्य काल लागि पर्ने अठोठ ब्यक्त गरे ।