२०८३ बैशाख १९ गते शनिवार

पश्चिमी वायुको आंशिक प्रभाव,केही प्रदेशमा सामान्य बदली हुने

काठमाडौँ,बैशाख ३ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

‍हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको छ।

आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू(भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *