२०८३ बैशाख १६ गते बुधवार

ढाकाकुमार श्रेष्ठलाई रास्वपाले सांसदबाट हटायो

काठमाडौँ,चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ।

बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो।

रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत बताएका छन्।

पत्रकार सम्मेलनमा सभापति लामिछानेले ढाकाकुमार श्रेष्ठले उक्त अडियो आफ्नो नरहेको पटकपटक दाबी गरेको तर प्रमाणका आधारमा उक्त अडियो उनकै रहेको प्रमाणित भएको बताएका थिए।

यसअघि ढाकाकुमारले उक्त अडियो आफू र पार्टीलाई बदनाम गर्न आएको दाबी गरेका थिए। उनले अदालतले आफूलाई क्लिन चिट दिने दाबी पनि गरेका छन्।

पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूलाई कोरटिमबारे थाहा नभएको तर कोरटिमबारे प्रमाण भेटिए पार्टीले कारबाही गर्ने बताए।

उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *