२०८३ बैशाख १८ गते शुक्रवार

ज्ञानज्योतिको कक्षा १२ का बिद्यार्थी बिदाइ कार्यक्रमका झलकहरु (तस्बिरमा)

तुलसीपुर, चैत २९ । ज्ञानज्योति उच्च मावि तुलसीपुर दाङले बुधबार एक समारोहका बीच कक्षा १२ का बिद्यार्थीलाई बिदाइ कार्यक्रम ग¥यो । यस अबसरमा बिभिन्न गीत तथा नेत्यहरु प्रस्तुत गरिएका थिए ।


चर्चित गायिका रचना रिमाल र प्रकाश रेग्मीले गीतहरु गाउँदा उपस्थित बिद्यार्थी तथा दर्शकहरुले संगसंगै नाच्दै गाउँदै साथ दिएका थिए ।


रिमालले फोटो फिरिममा,उनको प्रीति, सम्झीने‘पानी छम्किने, मिनिरल वाटर, सुनन प्यारी, तिमी त पोखरेली..जस्ता चर्चित गीतहरु गाएकी थिइन् । त्यस्तै दंगाली गायक प्रकाश रेग्मीले शिरको फुल शिरैमा,डाली नुग्यो पिरतीको लगाएतका गितहरु गाएर विद्यार्थीहरुलाई नचाएका थिए । त्यस्तै बिद्यालयकी छात्रा शाईसा केसी लगाएत दर्जनौं गीतहरुमा विद्यार्थीले नेत्य प्रस्तुत गरेका थिए ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विदाई भएर जार्दै गरेका विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएका थिए । पछिल्लो समय अधिकांश विद्यार्थीहरु प्लटु सकिएपछि विदेश पलाएन हुने क्रम बढ्दो रहेको बताउँदै नगर प्रमुख खड्काले चिन्ता व्यक्त गरे । नेपाललाई समृद्ध बनाउन विद्यार्थीहरुको ठुलो योगदान हुने भन्दै खड्काले अब यहाँको कृर्षि,पर्यटनलाई अध्ययनको विषय बनाएर रोजगारी सिर्जना गर्नु पर्र्नेमा जोड दिए ।

उनले सामुदायिक र निजि विद्यालय बिच मिडियमै कारण अन्तर भैरहेको बताउँदै अब सबै विद्यालयहरुमा अग्रेजी माध्यमबाट पढाई सुरु गर्नुपर्ने र यसो गरेमा सामुदायीक र निजि विद्यालय बिचको दुरी सुमधुर हुने विस्वास समेत व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पश्चिम दाङको शिक्षा क्षेत्रको विकासमा ज्ञान ज्योती स्कुलले गरेको योगदानको चर्चा गरे ।

। कक्षा ११ मा अध्ययनरत विद्यार्थी प्रमिश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले उच्च शिक्षासगैं सुखद भविष्यको शुभकामना दिदैं ज्ञानज्योतिले शिक्षा क्षेत्रमा प्राप्त गरेको सफलताको प्रशंशा गरेका थिए ।


त्यस अवसरमा ज्ञान ज्योती स्कुलमा लामो समय देखि आवद्ध रहि शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयका परिक्षा संयोजक बिमल प्रसाद शर्मालाई नगद रु. १५ हजार ५ सय ५५ रुपैयाले सम्मान गरिएको थियो ।


ज्ञान ज्योती फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालक शिक्षक सोमराज बस्नेतले गरेका थिए ।


पछिल्लो समय ज्ञानज्योति फाउन्डेसनले तुलसीपुर लगाएत पश्चिम दाङमासहेत गरि दुई दर्जन जति बिद्यालयहरु संचालन गर्दै आएको छ ।


यो संस्था तुलसीपुर क्षेत्रको सबै भन्दा बढी आफ्नै जग्गा जमिन भएको, भौतिक संरचना र धेरै बिद्यार्थी अध्यनरत निजी शैक्षिक संस्था हो ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *