२०८३ बैशाख १९ गते शनिवार

लमहीमा बस दुर्घटना – ८ जना घाइते, २ को अवस्था गम्भीर

तुलसीपुर , चैत २७ । दाङको लमहीको नर्तीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका – ११ की २० बर्षीया गिता सुबेदी र पियारी गाउँपालिलका – १ का एक महिने शिशु सशी यादवको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

सशीकी आमा २१ बर्षीया रोशनी शाह यादवपनि घाइते छिन । उनीसहित अन्य ६ घाइतेको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ । तीन जना यात्रु भने सकुशल रहेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही – १ नर्तीमा दिउँसो साढे ४ बजेतिर महेन्द्रनगरबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ९३९२ नम्बरको बसको पट्टा भाँचिएर अनियन्त्रित भइ बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर तयार पार्दासम्म घाइतेहरुको लमही अस्पतालमा उपचार जारी रहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *