काठमाडौँ,चैत २६ । धौलागिरि हिमालको बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ।
धौलागिरि आधारशिविरमा अवतरण गर्ने क्रममा फोर्स्ड ल्यान्डिङको क्रममा हेली एभरेष्टको ९एन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको हो।
हेलिकप्टरमा सो अवस्थामा एक मात्र पाइलट रहेको र उनी सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
‘उनलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याइँदै छ’, प्राधिकरणले भनेको छ, ‘उनको अवस्था सामान्य छ।’
प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार