२०८३ बैशाख १६ गते बुधवार

अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका १० ओटा ट्र्याक्टर नियन्त्रणमा

तुलसीपुर,चैत २६ । सशस्त्र प्रहरी बल, नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा गएराती १० ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

लमही नगरपालिका वडा न. ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा राति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्र्याक्टरहरु पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल न. ४१ रिजर्भ गण हे.क्वा. अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका वडा न. ७ बनगाईबाट ६ ओटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका ७ हस्नापुरबाट ४ ओटा ट्र्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएका ट्र्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *