२०८३ बैशाख १७ गते बिहिवार

बाघको आक्रमणबाट एक युवक घाइते

कैलाली,चैत २४ । कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो। २७ वर्षीय पवनलाई शुक्रबार बिहान बाघले आक्रमण गरेको स्थानीयले बताएका छन्।

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताए। उनको हात र कानमा चोट लागेको छ। स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो। नेपाल(भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ।

घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ। सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *