२०८३ बैशाख १८ गते शुक्रवार

पुलमुनीबाट उद्धार गरि अस्पताल लगिएकी युवतीको मृत्यु

दाङ, चैत २१ । दाङ तुलसीपुरस्थित बसपार्कको पुल मुनीबाट उद्धार गरिएकी एक युवतीको उपचाकार क्रममा मृत्यु भएको छ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित पुल मुनी बस्दै आएको अवस्थामा २८ बर्षीया पुष्पा डाँगीलाई प्रहरी र मानव सेवा आश्रमका ब्यक्तिहरुले उद्धार गरि सोमबार अस्पताल पु¥याएका थिए ।


उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलबार बिहान दश बजेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक पर्बत केसीले जानकारी दिए ।


बिरामी जस्ती देखिने एक युवती बिगत ४÷५ दिन यता बसपार्कको पुलमुनी एक्लै बस्दै आएको भन्ने स्थानियको सूचनाको आधारमा प्रहरी र मानव सेवाका पदाधिकारी पुगेर उनको उद्धार गरि अस्पताल पु¥याएका थिए ।


उनको घर ठेगाना भने खुल्न सकेको छैन । मृतकका आफन्तको समेत पहिचान हुन नसकेको हुँदा शब पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *